coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेकै समर्थनमा संविधान संशोधन पारित हुन्छः सल्लाहाकार खनाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन्। 

‘संशोधन प्रस्ताव ढिलोमा एक महिनाभित्रै पारित हुन्छ,’ उनले भने, ‘कुन प्रक्रियाबाट मतदान गराउने भन्नेबारेमा हामीले छलफल गरिरहेका छौं। गोप्य रुपमा मतदान गर्दा दुई तिहाई पुग्ने आधार सरकारसँग छ, तर एमालेकै समर्थनमा पारित हुन्छ, त्यसो भयो भने काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै प्रस्ताव पारित गराएर चुनावमा सहमतिका साथ जान्छौं।’ उनले संशोधन प्रस्ताव भारी मतले पारित हुनेसमेत दाबी गरे। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संशोधन प्रस्ताव पारित गराउनेबारे सहमति बन्दै गएको समेत उनले रिपोर्टर्स क्लबमा  खुलासा गरे। 

तत्काल वामपन्थी गठबन्धन बनि हाल्ने संभावना नभएपनि भविष्यमा गठबन्धन बन्ने कुरालाई नकार्न नसकिने बताए।  

‘परिस्थिति आयो भने वामपन्थी गठबन्धन बनाउन पनि सकिन्छ, संविधान संशोधन प्रस्ताव पारित गराउनकै लागि सरकारले जस्तोसुकै रणनीति बनाउन सक्छ, एमालेसँग यसबारेमा सकारात्मक कुराकानी  भइरहेको छ।’

काँग्रेससँग अहिले नै गठबन्धन तोडिहाल्ने पक्षमा आफ्नो पार्टी नहरेको बताए। ‘स्थानीय तहको निर्वाचन भएपछि नेतृत्व हस्तान्तरण हुन्छ, हामी सहमतिकै साथ अगाडि बढ्छौं, अब स्थानीय तहको निर्वाचन कसैले भाँड्न सक्दैन, बैशाख ३१ गते नै चुनाव हुन्छ,’ उनले भने। 

उनले ५ नम्बर प्रदेशका जनतालाई चित्त बुझाउनको लागि उक्त प्रदेशलाई अहिले नै सुगम प्रदेश बनाउनेगरी केही सुविधा अहिले नै दिनेगरी तयारी भइरहेको समेत बताए ।  

स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने सरकारले तयारी गरिरहेकोले मोर्चा पनि चुनावमा भाग लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।  

 

प्रकाशित: १४ फाल्गुन २०७३ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App