७ वैशाख २०८१ शुक्रबार
समाज

मोेटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, दुई घाइते

चितवन- चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। गएराति भरतपुरको आँपटारीबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कतर्फ जाँदै गरेको ना २५ प ३८३९ नम्बरको मोटरसाइकलले भरतपुर–११ को बौद्धगुम्बा अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। 

राति करिब ९ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–११ बसेनीका ५४ वर्षीय वीरबहादुर विकको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर–१० का २० वर्षीय नरेन्द्र थापा र पछाडि बस्ने धादिङका १९ वर्षीय विक्रम तामाङ घाइते भएका छन्। उनीहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: १४ फाल्गुन २०७३ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App