८ वैशाख २०८१ शनिबार
कला

पोखरामा र्‍याम्प नाप्दै मिस नेपाल

काठमाडौं- वर्तमान 'मिस नेपाल २०१६' अस्मी श्रेष्ठसहित 'मिस नेपाल अर्थ' रोशनी खत्री, 'मिस  नेपाल इन्टरनेसनल २०१४' शुभेक्छा खड्कासहितका सेलिब्रेटीले पोखरामा र्‍याम्प तताउने भएका छन्।

फेसन डिजाइनर उत्तम बनेपालीले पाँच वर्ष पछि आयोजना गर्न लागेको 'फेसन ट्रेन्ड्स २०१७ पोखरा' मा उनीहरुले र्‍याम्प नाप्न लागेका हुन्। उनीहरुसँगै  अभिनेत्री नम्रता श्रेष्ठ, आँचल शर्मा, मरिस्का मेरी पोखरेल, रीमा विश्वकर्मा, हर्षिका श्रेष्ठ, अलिशा राई, 'मिस  पुर्वान्चल २०१६' कृतिका गिरी, फस्ट रनर अप इक्शा मादेन आदि पनि र्‍याम्पमा देखिनेछन्। र्‍याम्पमा अभिनेता मन्चिन शाक्य, अमित श्रेष्ठ, अमित ढुंगाना, प्रज्जवल  गिरी, पल शाह, रोशन श्रेष्ठ, गायक सपन श्रेष्ठ लगायतका सेलिब्रेटीले पनि पोखराको ग्रान्ड होटलमा र्‍याम्प नाप्नेछन्।

धरानबाट फेसन यात्रा सुरुवात गरेका बनेपालीले आफूसँगै आफ्नो फेसन इन्स्टिच्युट सेन्ट्रल फेसन हबका दुई विद्यार्थी इशु मगर र अन्जना श्रेष्ठका डिजाईनलाई समेत र्‍याम्पमा उतार्नेछन्। कार्यक्रमको आयोजना सिल्भर इन्टरटेनमेन्टले गर्न लागेको हो ।

१९९७ मा धरानबाट 'समर ९७' नामको फेसन शो आयोजना गरेर चिनिएका डिजाइनर बनेपालीले देशका विभिन्न सहरमा थुप्रै शो गरिसकेका छन्। बनेपाली २००५ देखि 'मिस नेपाल'को डिजाइनरको रुपमा काम गरिरहेका छन्।

हाल ललितपुरको  'उत्तम्स  क्रियसन बुटिक'सँगै 'सेन्ट्रल फेसन हब' नामक फेसन इन्स्टिच्युटसमेत सञ्चालनमा ल्याएका बनेपालीलेे आउँदो  शनिबारबाट पोखरामा समेत नयाँ शाखा खोल्दैछन्।

फेसन शोमा ट्रेडिसनल गाउन, लेहेंगा ,क्याजुअल डिजाईन, औपचारिक  शुट लगायतका डिजाईनमा मोडलहरु प्रस्तुत हुने बनेपालीले बताएका छन्।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App