नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

शुक्रबार, २४ असार २०७३, १७ : ५७ नागरिक

काठमाडौँ– उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाका रुपमा रहेको नेपाली सेनाले विपद् व्यवस्थापन र विकास निर्माणमा सरकारको निर्देशनमा काम गर्दै आएको बताएका छन्।

विनियोजन विधेयक २०७३ अन्तर्गत रक्षा मन्त्रालयमाथिको शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको विकासनिर्माण र विपद् व्यवस्थापनबाट नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुगेको धारणा राखे।

रक्षामन्त्री रावलले भने– “मृुलुकको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरकार दृढ छ, व्यवस्थापिका–संसद् यस विषयमा हाम्रो साथमा छ, नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढ छ ।”

नेपाली सेनाका विभिन्न तालिम केन्द्रमा सञ्चालन रहेको तालिममा विदेशी सेनाको सहभागिताबाट हाम्रो स्वाभिमान बढेको बताउँदै उनले हाल विश्वका १६ मध्ये द्वन्द्वग्रस्त १५ मुलुकमा नेपाली सेना शान्ति स्थापनाका लागि कार्यरत रहेको बताए। उनका अनुसार विश्व शान्ति स्थापनामा हाल एक लाख ११ हजार नेपाली सैनिकले विश्वका विभिन्न मुलुकमा पुगेर योगदान पुर्याइसकेका छन्।

मूलभूत रुपमा राष्ट्रिय सुरक्षाको दायित्व बोकेको नेपाली सेना विकास निर्माण र विपद् व्यवस्थापनको थप काम जुटिरहेको बताउँदै रक्षामन्त्री रावलले नेपाली सेनालाई सक्षम, सुदृढ र व्यावसायिक बनाउन सरकार दृढ रहेको स्पष्ट पारे। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad