coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि प्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएको छ।

शुक्रबार महामन्त्री सशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षिय नेताहरुको बैठकले पार्टी सभापतिका गतिविधि प्रति असन्तुष्टि जनाएको हो।

स्रोतका अनुसार बैठकमा नेताहरुले पार्टी संस्थागतरुपमा संञ्चालन नभएको भन्दै सभापतिको ध्यानाकर्षण गराउन पौडेललाई आग्रह गरेका थिए। बैठकमा पौडेल, महामन्त्री कोइराला लगायत अन्य प्रभावशाली नेताहरु सहभागि थिए।  

सभापति देउवाले राजनीतिक नियुक्तिमा विभेद गरेको र नियुक्तिमा स्वच्छ छविका व्याक्ति ल्याउन नसकेर पार्टीको छवि धुमिलाउने काम गरेको समेत आरोप पौडेल पक्षको छ।

सभापतिले निर्वाचन देखि संविधान संशोधनका विषयमा नीतिगत छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन्। पदाधिकारी नियुक्ति देखि पार्टी संगठन अहिले सम्म अपूर्ण रहेकोमा पनि पौडेल पक्ष असन्तुष्ट रहेको स्रोतले बतायो। स्रोतका अनुसार बैठकबाटै बरिष्ठ नेता पौडेलले सभापति देउवालालाई फोन गरेर बैठक पनि बोलाउनु हुन्न, छलफल पनि गर्नु हुन्न भनेका थिए।

पौडेल निकट एक नेताका अनुसार शनिबार बिहान ९ बजे पौडेल समूहले भेला बस्ने र लिखितरुपमा सभापतिलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ।

 

प्रकाशित: १३ फाल्गुन २०७३ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App