८ वैशाख २०८१ शनिबार
समाज

आमरण अनशन बसेका दुई पत्रकारको स्वास्थ्य गम्भीर

काठमाडौं– विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौंमा आमरण अनसन बसेका दुई पत्रकारको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको स्वास्थ्य बिग्रिएको पत्रकार माधव चाम्लागाईंले बताए। ‘दुबै जनाको स्वास्थ्य निकै नाजुक अवस्थामा पुगेको छ,’ उनले भने, ‘यस्तो हुँदा पनि महासंघको नेतृत्वले बेवास्ता गर्याे।’

राजनीतिक भागवण्डाको आधारमा सदस्यता वितरण रोक्न, लामो समयदेखि निस्क्रिय रहेका विभिन्न दलका कार्यकर्ता र विभिन्न पेशा गर्नेको सदस्यता खारेज गरी सदस्य वितरण शुद्धीकरण गनुपर्ने माग गर्दै ढुंगाना र अधिकारी महासंघको मूलद्वारामा ताला लगाएर गत बुधबारदेखि अनुसनमा छन्। दुबै जिल्लामा गैरपत्रकारालई सदस्यता दिलाएको, इलाममा ५५ सदस्य बाहिर राखेर अधिवेशन गराएकोलगायतका आरोप उनीहरुले लगाएका छन्। 

यसैबीच गत तीन दिनदेखि अनसनरत पत्रकारको बिग्रँदो स्वास्थ्य अवस्था र महासंघ नेतृत्वले जिम्मेवारी बोध नगरे भन्दै नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको जनाएको छ। 

 

प्रकाशित: १३ फाल्गुन २०७३ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App