coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी: गेसो

इटहरी- गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरेको छ। संघले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरि आफ्ना १४ बुँदे माग पुरा नभएसम्म आन्दोलन चर्काइ रहने जनाएको हो।

गेसोले बेलायतले एउटा सार्वभौम नागरिकको रुपमा गोरखा सैनिकहरुलाई समानताको सिद्धान्तका आधारमा व्यवहार गरिनुपर्ने, अवकाश प्राप्त गरेपछि पाउने पेन्सन ‘भारतीय रिर्जव बैंक’ मार्फत नेपाल पठाइने गरिएकोमा सिधै नेपाल राष्ट्र बैकमा पठाउनुपर्ने र गोरखा सैनिकहरुको हकमा भने अलग्गै नागरिकता सम्बन्धी व्यवस्था गरेर उनीहरुलाई दोहोरो नागरिकताको व्यवस्था गरिनुपर्ने माग राखिएको  छ। 

गेसोका सभापति कृष्णकुमार राईले ब्रिटिस साम्राज्यको तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध लगायत विभिन्न युद्धमा मरिएका, घाइते भएका र हराएका हरूका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने पनि बताए ।  उनका अनुसार, मरिएका, घाइते भएका र हराएकाको अहिलेसम्म यकिन संख्या छैन् ।

पत्रकार सम्मेलनमा सन् १९८६ अप्रिलको अन्तिम साता अमेरिकाको हवाई टापु पुगेको बेला १ सय ११ जनामाथि चरम अन्याय र अमानवीय व्यवहार गरिएकोमा तिनीहरुलाई क्षतिपूर्ति पेन्सन दिइनुपर्ने पनि माग गरियो । गोरखा सैनिकहरुलाई बेलायत सरहको स्तरीय स्वास्थ्य सुबिधाहरु नेपालमै उपलब्ध गराउनुपर्ने पनि पत्रकार सम्मेलनमा माग गरियो ।  नेपालमै स्तरीय स्वास्थ्य सुविधाहरु दिएमा हजारौं गोर्खा सैनिकहरु आफ्नै जन्मभुमिमा फर्किने पत्रकार सम्मेलनमा दावी गरियो ।

पत्रकार सम्मेलनमा गोरखाका सन्तानहरुलाई विनार्शत र विनाशुल्क आवासीय अधिकार, गोरखा सैनिकहरुका विधुवालाई पेन्सनलगायतका पुरा गर्नुपर्ने, गोरखा कल्याणकारी कोष गोरखा सैनिक र तिनका परिवारको लागि प्रयोग गरिनुपर्ने, बेलायतमा बसोबास गरिरहेका गोरखा ‘भेट्रान’ हरुलाई नेपाल आउने समय  ९० दिन नै कायम गरिनुपर्नेलगायतका माग राखिएको छ ।

 

प्रकाशित: १३ फाल्गुन २०७३ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App