६ वैशाख २०८१ बिहीबार
राजनीति

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

काठमाडौं – नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकोले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताएका छन्।

‘परम्परागत शक्तिमा अहिलेको परिवर्तित राजनीतिक एजेण्डाहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ल्याकत देखिएन,’ उनले भने, ‘अहिलेको २१ औं शताब्दीको राजनीतिक एजेण्डा भनेको आर्थिक समृद्धि नै हो र यसलाई पूरा गर्ने पहल डा. बाबुराम भट्टराई र नयाँ शक्तिले लिएको छ। अब हामी त्यो जिम्मेवारी पूरा गर्नेछौं।’ 
 

हाल मुलुकको राजनीति अत्यन्तै जटिल मोडमा पुगेको भन्दै प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै संविधान संशोधनमार्फत सबै असन्तुष्ट पक्षहरुको जायज राजनीतिक माग सम्बोधन गरेर चुनावमा जानुपर्ने बउनले बताए। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पत्रकारसँग भेटघाट कार्यक्रम अायाेजना गरी गरी उनले यस्ताे बताएका हुन्।  

‘निर्वाचन घोषणा केका लागि ? घोषणा गर्नकै लागि मात्र घोषणा भएको हो ? सरकारको आयु लम्ब्याउन घोषणा भएको हो ? सत्ता साझेदारी गर्न हो ? अर्को गठबन्धनको अभ्यास गर्नका लागि हो ?’ प्रश्नहरू तेर्स्याउँदै उलने भने, ‘यसले थुप्रै खाले आशंकाहरु जन्माइदिएको छ, सरकारले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ र अनिवार्य शर्तको रुपमा रहेको चुनावी वातावरण बनाउनुपर्छ। तबमात्र चुनाव संभव हुन्छ।’

सरकारले नयाँ संविधान अनुसारको स्थानीय तह संरचनाको टुंगो नलाग्दै तथा प्रदेशहरुको सीमांकनको विषय निश्कर्षमा नपुग्दै स्थानीय तहको चुनाव घोषणा गरेकोले त्यो घोषणाको भित्री आशयमा प्रश्न उब्जेको उनकाे दाबी छ।

हाल पारम्परिक राजनीतिक पार्टीहरुले मुलुकको विद्यमान समस्या समाधान गरी देशलाई अगाडि बढाउन नसक्ने बताउँदै नयाँ शक्तिले मात्रै याे काम गर्न सक्ने उनले बताए।

वर्तमान युग सुहाउँदाे जनीतिका लागि नीति, व्यवहार, कार्यशैलीका अाधारमा युग सुहाउँदाे नेतृत्व अावश्यक भएकाे भन्दै उनले पुराना राजनीतिक पार्टी र नेतृत्वबाट त्यो अपेक्षा गर्न नसकिने दाबी गरे । 

‘परम्परागत शक्तिमा अहिलेको परिवर्तित राजनीतिक एजेण्डाहरुको व्यवस्थापन र कार्यान्वयन गर्ने ल्याकत देखिएन,’ उनले भने, ‘अहिलेको २१ औं शताब्दीको राजनीतिक एजेण्डा भनेको आर्थिक समृद्धि नै हो र यसलाई पूरा गर्ने पहल डा. बाबुराम भट्टराई र नयाँ शक्तिले लिएको छ। अब हामी त्यो जिम्मेवारी पूरा गर्नेछौं।’ 

अहिले देशको राष्ट्रियता नै संकटमा पर्दै गएको प्रसंग उल्लेख गर्दै देशको राष्ट्रियता बचाउन राष्ट्रिय एकताको खाँचो भएकोले पहाडी, मधेशी, थारु, जनजातिलगायत सबै समुदायहरुमा एकता पैदा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। 

प्रकाशित: १३ फाल्गुन २०७३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App