७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा नेपाली उत्पादनको बजार खोज्दै दूतावास

युएई -संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।

नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र बहादुर टण्डनले नेपालमा उत्पादन गरिएका वस्तुहरुहरुको बजार विस्तार गर्नको लागि दुतावासले खोजी गरिरहेको बताए। उनले नेपाली व्यवसायीहरुलाई त्यसको प्रवर्द्धनमा जोड दिए।

कार्यक्रममा नेपाल व्यापार एकीकरण रणनीति, २०१६ (एनटिआईएस) द्वारा पहिचान गरिएका कृषि उत्पादन युएईमा पनि व्यापार गर्न सकिने बताइयो।  एनटिआईएसद्वारा पहिचान गरिएका नेपालमा उत्पादित वस्तुहरुमा अलैंची, अदुवा, चिया, औषधीजन्य जटिबुटी,  सुगन्धित बोटबिरुवाहरू, गलैँचा, जूत्ता, ढाका र धागो पर्छन्। ती वस्तुका लागि युएई राम्रो बजार हुनसक्ने सहभागीले औंल्याए। यसबाहेक दाल, मह, चाउचाउ, नेपाली ढाका, हर्बल, तेल र हिमालय जल(खानेपानी) युएईमा आयात गर्न सकिने देखिएको छ।

युएईले पहिले देखिनै नेपालीहरुलाई रोजगार, व्यापार व्यवसाय गर्न अवसर प्रदान गर्दै आईरहेको छ।  रोजगारीको लागि युएई आईपुगेका नेपालीहरुले युएईमा व्यापर व्यवसाय गर्नेक्रम पनि बढ्दो छ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले युएई भ्रमण गरेपछि नेपाल-युएई कूटनीतिक क्षेत्रमा सम्बन्ध बिस्तार र अझ राम्रो भएको छ। नेपालीहरु व्यवसायीहरुले अब युएईमा रहेका ठुला सुपर्माकेट, हाईपर मार्केटहरुसँग सम्बन्ध विस्तार गरी अथावा नेपालीहरुले आफ्नै लगानीमा मार्केटहरु खोलेर नेपालमा उत्पादीत बस्तुहरुलाई युएईमा बजार व्यबस्था गर्न सकिने अवस्था भएको छ।

कार्यक्रममा नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र बहादुर टण्डनले नेपालमा उत्पादन गरिएका वस्तुहरुहरुको बजार विस्तार गर्नको लागि दुतावासले खोजी गरिरहेको बताए। उनले नेपाली व्यवसायीहरुलाई त्यसको प्रवर्द्धनमा जोड दिए।

दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारको विगत र वर्तमानको बजार अवस्था र उत्पादित वस्तुहरुको लागि बजार सम्भावना बिषयमा प्रस्तुति दिएका थिए। नेपाली उत्पादनको वर्गीकरण, आयात निर्यातका गन्तव्यहरु सहित बजारव्यवस्थापनका सम्भावनाबारे अर्यालले प्रष्ट पारेका थिए।

युएईबाट वार्षिक ५.१ प्रतिशत सामान नेपाल आयात  हुन्छ भने नेपालबाट युएईमा ०.४ (सुन्य दशमल चार) प्रतिशत मात्र सामान निर्यात हुने गर्छ।

प्रकाशित: १३ फाल्गुन २०७३ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App