८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुलरिया (बर्दिया)– बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।

भे २ प ६६६५ नंको मोटरसाइकल दुर्घटना हुँदा दैलेख जम्मुकाँध घर भई बर्दियाको सूर्यपटुवा ठाकुरद्वारा सिँचाइ आयोजनामा कार्यरत नवीन भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।

मोटरसाइकल चालक शिवपुर–९ का सञ्जय थारूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ। रासस 

प्रकाशित: १३ फाल्गुन २०७३ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App