८ वैशाख २०८१ शनिबार
राजनीति

बार मत गणनाः लोकतान्त्रिक समूह विजय नजिक

काठमाडौं–कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको २४औं नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक समूह विजय नजिक पुगेको छ। 

करिब ७ हजार मतगणना गरिसक्दा अध्यक्षमा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेद्वार शेरबहादुर केसीले ३ हजार ३ सय ५ मत ल्याएर अग्रता कायम गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील उम्मेद्वार विजयकान्त मैनालीले ३ हजार ९० मत ल्याएका छन्। केसी मैनाली भन्दा २ सय १५ मतले अगाडि छन्।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाका अनुसार उपाध्यक्षका सबै ६ पदमा लोकतान्त्रिक समूहका उम्मेदवार अगाडि छन्। महासचिव र कोषाध्यक्षको मतगणनामा पनि लोकतान्त्रिक समूहका उम्मेदवारले नै अग्रता लिएका छन्। महासचिवमा लोकतान्त्रिकका खम्बबहादुर खातीले ३ हजार ३ सय ४ मत पाएका छन् भने प्रगतिशीलका दिनमणि पोख्रेलले २ हजार ९ सय ६० मत ल्याएका छन्।

कोषाध्यक्षमा ज्ञानरत्न शाक्य ३ हजार १ सय १२ मत ल्याएका छन, प्रतिस्पर्धी हरिबहादुर खड्काले २ हजार ९ सय ५१ मत पाएका छन्। हालसम्म उपत्यकाको काठमाडौ र सर्वोच्च वारको मतपेटिकाको मतगणना वाँकी रहेको छ। नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छनोटका लागि गत शनिबार देशभरका ३३ केन्द्रमा मतदान सम्पन्न भएको थियो। दुईवटा केन्द्रको मात्रै मतगणना बाँकी रहेकाले आजै परिणाम घोषणा हुने निरौलाले बताए। करिव ७ हजार मत खसेको वारमा ६ हजार ३ सय ९५ मत गणना भइसकेको छ। 

प्रकाशित: २६ चैत्र २०७२ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App