coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहमतीय सरकारको नेतृत्व लिन तयार छौंः पम्फा भुसाल

पोखरा– नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छन्।

प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादीपछि नहट्ने धारणा राखिन्।

“संविधान कार्यान्वयन, जनताका भावनालाई सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहमतिको विकल्प छैनै उनले भनिन्, “सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ ।”

दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि नेकपा (एमाले)को नेतृत्वमा माओवादीलगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँँदै प्रवक्ता भुषालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार व्यक्त गरिन्। रासस

 

प्रकाशित: २४ असार २०७३ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App