६ वैशाख २०८१ बिहीबार
खेल

शिवरामद्वारा उपाधि कब्जा

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपनमा बुधबार अन्तिम दिन उत्कृष्ट पुनरागमन जनाउँदै उपाधिमा कब्जा जमाएका छन्।

गोकर्ण गल्फ क्लबमा ९ स्ट्रोकले पछि रहेर अन्तिम दिनको खेल सुरु गरेका शिवरामले अग्रस्थानका एमेच्योर गल्फर तेन्जिङ छिरिङको कमजोर प्रदर्शनको फाइदा उठाउन ३ अन्डर ६९ खेलेका थिए। पहिलो तीन दिनसम्म अग्रस्थानमा अनपेक्षित कब्जा जमाएका तेन्जिङले भने अन्तिम दिन ७ ओभर ७९ को कार्ड बनाए। चार दिनसम्म ७२ होलमा सम्पन्न प्रतियोगितामा शिवरामको समग्र स्कोर ४ अन्डर २ सय ८४ हुँदा तेन्जिङ ३ अन्डर २ सय ८५ मा सीमित भए। तेन्जिङ एमेच्योरतर्फ विजेता भए। सूर्य नेपाल गल्फ टुरमा यो उनको पहिलो उपाधि हो।

व्यावसायिकतर्फका विजेता शिवरामले नगद १ लाख १० हजार पुरस्कार जित्दा साबिक विजेता सञ्जय लामा (२८७) उपविजेता हुँदै ७० हजार रुपियाँको हकदार बने। रवि खड्का (७५) र भुवन नगरकोटी (७२) समान १ ओभर २ सय ८८९ स्कोरका साथ संयुक्त रूपमा तेस्रो भए। दुवैले समान ४५ हजार रुपैयाँ पाए। यसै गरी जयराम श्रेष्ठ (२९३) पाँचौं हुँदै नगद ३५ हजार रुपैयाँको हकदार बने।

 

प्रकाशित: १३ फाल्गुन २०७३ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App