८ वैशाख २०८१ शनिबार
खेल

अस्ट्रेलियाको मध्यम सुरुआत

पुणे- म्याट रेनसो र मिचेल स्टार्कको अर्धशतकप्रेरित अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा बिहीबार मध्यम सुरुआत गरेको छ। विश्वकै शीर्ष दुई टोलीबीचको चार खेल शृंखलाअन्तर्गत पहिलो खेलको पहिलो दिन सुरुमा रेनसो र स्टार्कले दिनको अन्त्यतिर अर्धशतक पूरा गरेपछि अस्ट्रेलिया नाजुक स्थितिबाट माथि उठेको थियो। पहिलो दिनको समाप्तिमा भ्रमणकारी टोलीले ९ विकेट गुमाउँदै २ सय ५६ रन बनाएर खेलिरहेको छ।

स्टार्कले ५८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाएर खेलिरहेका छन्। उनलाई हाज्लेउडले १ रन बनाएर साथ दिइरहेका छन्। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको रंगशालामा भारतका उमेश यादवले ४ विकेट लिँदा स्पिनरद्वय रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले समान २/२ विकेट लिए।

अस्ट्रेलियाका लागि बायाँहाते रेनसोले सबैभन्दा धेरै रन बनाए। ओपनर रेनसोले ६८ रनको योगदान दिए। उनले डेविड वार्नरसँग पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे। वार्नरले ७७ बलमा ६ चौकासहित ३८ रन बनाए। कप्तान स्टिभ स्मिथले २७ रन जोड्दा पिटर ह्यान्डसकोम्बले २२ बनाए। साउन मार्सले १६ रन बनाए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App