coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'गाँजा बाँड्ने साधुलाई कारबाही गर्छौं'

काठमाडौं- 'गाँजा भाङ, धतुरो नखाए' के महाशिवरात्रि! शिवरात्रिका अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो। गाँजा, भाङ र धतुरोलाई भगवान् शिवको प्रिय मान्ने धेरै छन्। प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन।

पाटन अस्पतालका जनरल फिजिसियन डा. भरतकुमार यादवले शिवजीको प्रसादका रूपमा लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए। 'शिवका भक्त व्रत बस्छन्। त्यस्तो बेला लागूपदार्थ सेवन गर्दा स्वास्थ्यमा हानि गर्छ।'

डा. यादवका अनुसार गाँजा सेवनले बान्ता हुने, रिंगटा लाग्ने, बेहोस हुनेलगायतका समस्या देखिन्छन्। 'भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन सक्छ,' उनले भने, 'शिवजीको प्रसादका रूपमा मिठाई र फलफूल पनि खान सकिन्छ।'

पण्डित मदन भट्ट शिवलाई गाँजा, धतुरो र भाङ मात्रै नभई मह, दूध, बेलपत्र चढाउन सकिने बताउँछन्। 'शिवजीको प्रसादका रूपमा गाँजालाई गलत प्रचार गरियो,' उनले भने, 'मह तथा दूध प्रयोग गर्न सकिन्छ।'

महानगरीय प्रहरी वृत गौशालाका प्रमुख डिएसपी नवराज कार्कीले पशुपति परिसरमा गाँजा, भाङ र धतुरो सेवन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको बताए। 'संस्कृतिका नाममा लागूपदार्थ बेचबिखन र सेवन गर्न पाइँदैन', उनले भने, 'कानुनविपरीत काम गर्नेलाई कसैलाई छोड्दैनौं।' साधुहरूलाई पनि लागूऔषध बेचबिखनमा रोक लगाएको उनले बताए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App