८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन फास्ट ट्र्याकबाट गर्न माग

काठमाडौं- नेपाली कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदले संविधान संशोधन प्रस्तावलाई फास्ट ट्र्याकबाट पारित गर्र्न पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गर्ने भएका छन्। पार्टी संसदीय दल कार्यालय सिंहदबारमा बिहीबार दिउँसो बसेको ती सांसदको बैठकले मधेसी जनताको भावना र चाहना सम्बोधन गर्न संविधान संश्ाोधन प्रस्ताव पारित गर्नुपर्ने ठहर गर्दै यसमा सभापति देउवाको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो। 

संशोधन प्रस्ताव पारित गरी निर्वाचनको सहज वातावरण बनाउन उनीहरूले सभापति देउवालाई दबाब दिने निष्कर्ष निकालेका छन्। 'संशोधन प्रस्ताव अघि बढाउँदै पारित गर्न पार्टी दृढतापूर्वक उभिनुपर्छ,' पार्टी केन्द्रीय सदस्यसमेत रहेका फरमुल्लाह मन्सुरले भने, 'कांग्रेसले संशोधन पारित गराउन अग्रसरता लिनुपर्छ।'

संशोधन पारितमा ढिला गर्न नहुने बताउँदै उनले भने, 'फास्ट ट्र्याकबाट प्रस्ताव पारित गर्नुपर्छ।' बैठकमा झन्डै दुई दर्जन सांसद सहभागी थिए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App