coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेना तम्तयार : सेनापति

काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक अतिवाद र विखण्डनकारी शक्तिलाई निस्तेज बनाउन सेना सधैं तयारी अवस्थामा रहेको बताएका छन्। नेपाली सेना दिवसका अवसरमा सेनापति क्षत्रीले दिएको शुभकामना सन्देशमा 'विखण्डनवादी शक्तिहरूले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुका साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको' भन्दै सेनापति क्षत्रीले त्यसविरुद्ध कारबाहीका लागि सेना सधैं तयारी अवस्थामा रहेको बताएका हुन्।

यस्ता अभिव्यक्ति र गतिविधिले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको उनको भनाइ छ। 'पुर्खाको रगत–पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा छ', सन्देशमा भनिएको छ।

राष्ट्रिय अखण्डता र हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौती सामना गर्न मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले निर्दिष्ट गरेका नियम र कानुनको परिधि तथा नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने पनि सेनापतिले उल्लेख गरेका छन्।

सैनिक कूटनीतिका माध्यमबाट विभिन्न मित्रराष्ट्रका सैनिक संगठनसँग आपसी हित र दुईपक्षीय पेसागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान संयुक्त तालिम तथा अभ्यास सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App