६ वैशाख २०८१ बिहीबार
समाज

अतिक्रमित जमीन खाली गराउँदा व्यवसायीको बिच्चली

भत्काइएको बिपी उद्यानको जग्गामा रहेको मिना बजारको जग्गामा आफ्नो पसलको भग्नावेषमा तरकारी व्यवसायी/महिला । तस्बिरः रितेश त्रिपाठी

वीरगन्ज– वीरगन्ज उपमहानगरपालिका कार्यालयले पाँच दिनभित्रै दोस्रो पटक डोजर लगाएर घण्टाघर नजिकको तरकारी बजार भत्काई दिएपछि त्यहाँ ब्यवसाय गर्दै आएका करिब ३ सय जना साना ब्यवसायिलाई बिच्चली भएको छ । आइतवार बिहान करिब ४ बजे नै आएको डोजरले घण्टाघर नजिकको प्रस्तावित बिपी उद्यानको जग्गामा बसाईको मिना बजारका टहराहरु भत्काइदिएको थियो । त्यसपछि विकल्प दिनुस भनेका ब्यवसायिहरुले आउदो फागुसम्म भएपनि भत्केकै अवस्थामा त्यो ठाउँमा बजार राख्न दिने माग गरे तापनि बिहीवार फेरि आएको डोजरले बजारलाई पूर्ण रुपमा नष्ट पारिदिएको हो । 

तरकारीका पसलहरु राखिने खुल्ला ठाउँ खनिएको छ, टाहराहरु नष्ट पारिएको छ, अधपक्की संरचनाहरु भग्नावशेष बनिसकेका छन् । पुरानो मिना बजारमा उपमाहानगरपलिकाले नयाँ कम्प्लेक्स बनाएपछि त्यसलाई उपमाहानगरपालिका कार्यायले ठेक्कामा लगाएको छ । ठेकेदारले मँहगोमा ठेक्का लिएकोले भाडा पनि बढी नै छ । तरकारी ब्यवसायिहरुको पुरानो ठाउँमा बनेको नयाँ कम्प्लेक्समा नसरेपछि ठेकेदारको लाभको लागि कार्यालयले अमानवीय किसिमले आफुहरुको बजार भत्काई दिएको ब्यवसायिहरुको आरोप छ । वीरगन्ज तरकारी तथा फलफुल ब्यवसायि संघका माहासचिव संजय बर्णवालले आफूहरुले नगरपालिकासंग बिकल्प मागिरहेकै बेला डोजर लगाएर बजार भत्काउदै त्यहाँ खाल्डाहरु खनिदिएको भन्दै गुनासो गरे । उनका अनुसार पाँच सय ठुला र पाँच सयभन्दा बढी साना पसलहरु यहाँ संचालन हुदै आएर २ हजार बढीले रोजगारी पाएका थिए । 

ती सबैको आजिविका मासिएको बर्णवालको भनाई छ । उपमाहानगरपालिका कार्यालयका जिम्मेवार ब्यक्तिहरुले ठेकेदारसंग आर्थिक लाभ लिएर यो कार्य गरेको तरकारी ब्यवसायिहरुले आरोप लगाएका छन् । ‘बजारमा आएका ति गफहरुमा सत्यता छैन्, हामीले तरकारी बजारलाई ब्यवस्थित मात्र गर्न खोजेका हौं,’ उपमाहानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारीले भने, ‘साना ब्यवसायिहरुको लागि मिना बजार कम्पलेक्समा ठाउँ छदैछ, थोक बजारको लागि ठाउँ हर्ने काम हुदैछ ।’ साबिक मिना बजार भएको ठाउँमा नयाँ संरचना बनाउनका लागि २०६७ पुसमा हटाइएपछि तरकारी ब्यवसायिहरुले गरेको आन्दोलन टुँग्याउन २०६७ पुस ९ मा सहमति गरी सो ठाउँमा बजार बसाइएको थियो ।

‘हामी यस बिषयमा अदालतमा मुद्दामा थियौं, फैसला नआउदै उपमाहानगरपालिकाले रातारात डोजर चलाएको हो,’ तरकारी ब्यवसायि संघका अध्यक्ष बिदुर गुप्ताले भने । मुद्दा चले पनि आदालतले निषेधाज्ञा खारेज गरिदिएकोले बजार हटाउने कानूनी बाटो खुलेको उपमाहानगरपालिका कार्यालयले जनाएको छ । 

 

 

प्रकाशित: १२ फाल्गुन २०७३ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App