८ वैशाख २०८१ शनिबार
समाज

विद्यार्थी नेताले नै गरे क्याम्पसमा आगजनी

वीरगन्ज– पूर्ण समानुपातिक पद्दतीको निर्वाचन प्रणालीलगायतका माग राखी स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी गरेका छन्। 

तोकिएको संसोधित कार्यतालिका अनुसार दलदर्ता भइरह्दा हस्क्षेप गर्दै मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा बिहीबार दिउँसो आगजनी गरेका हुन्। आगजनीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सोफा, कुर्सी, टेबुल, सूचनापाटी, ढोका, कार्पेट र झ्यालहरु जलेका छन्। 

‘दल दर्ता भइहेको र ३ वटा संगठनहरुले आफ्नो दर्ता गराई सकेपछि उनीहरु दल दर्ताकै लागि भनेर प्रवेस गरी घट्ना गराएका हुन्,’ स्ववियु निर्वाचन समितिमा समेत रहेका प्रध्यापक रोशन लामिछानेले भने, ‘घटनापछि सबै प्रक्रिया स्थगीत गरिएको छ।’

आगजनीमा संलग्न रहेको आरोपमा तीन जना मधेशवादी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संघीय विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका मधुसुदन चौरसीया र सदभावना विद्यार्थी मञ्चका कृष्ण दासलाई पक्राउ गरेको हो। 

सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेपछि त्यही समूहका विद्यार्थीले शिक्षा संकायको भवनमा पनि आगजनी गर्ने प्रयास गरेका थिए। तत्कालै प्रहरी पुगेका कारण त्यहाँ उनीहरु आगो लगाउन पाएनन्। 
 

प्रकाशित: १२ फाल्गुन २०७३ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App