१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधनको विपक्षमा मत हाले मधेशमा एमाले समाप्त हुन्छः नेता मन्सुर

काठमाडौं– सत्तासिन प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले संविधन संशोधन विधेयकको विपक्षमा मतदान गरे मधेशबाट एमाले समाप्त हुने चेतावनी दिएका छन्।  

संविधान संशोधन विधेयक पारित गर्नबाट अब कसैले पनि रोक्न नसक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन्।  

‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो,’ उनले भने, ‘टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, आजबाट भने छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा पनि एमालेले नै मत हाल्छ ।’ 

उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार बनेको दाबी गरे। 

‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ,’ रिपोर्टर्स क्लबमा बिहीबार उनले भने। 

 

प्रकाशित: १२ फाल्गुन २०७३ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App