coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अनुगमन चलचित्र जस्तो देखावटी होइनः मन्त्री पुन

भक्तपुर– सरकारले कालोबजारीलाई संरक्षण गरिरहेको आरोप आइरहेको बेला आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन्।

विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण भइरहेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको बताए । रफत सञ्चार क्लब भक्तपुरमा बोल्दै शुक्रबार उनले कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय बस्तु उपलब्ध गराउन अनुगमन थालिएका बताए। ‘यो कुनै क्षणिक र देखावटी होइन,’उनको दावी थियो ।

मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक वर्षबाट सरकाले नै निरन्तरता दिएको बताए। यसले गुणस्तरीय बस्तुको उपलब्धतामा जोड दिएको उनले बताए। बल्खु तरकारी बजारमा अनुगमन टोलीमाथि भएको दुव्र्यबहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै उनले अनुगमन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए ।

 

प्रकाशित: २४ असार २०७३ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App