४ वैशाख २०८१ मंगलबार
राजनीति

बाबुराम-उपेन्द्रको संयुक्त विज्ञप्ती- स्थानीय चुनाव स्थगित गर

काठमाडौं- संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा विरोध गरेका छन्। फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएरमात्र निर्वाचनमा जानुपर्ने माग गरेका हुन्। 

विज्ञप्तिमा भनिएको छ, 'वर्तमान संविधान जारी भएदेखिको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्छ भन्ने दुई पार्टीको साझा धारणा छ।' 

व्यवस्थापिका-संसद्मा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने, सङ्घ र प्रदेशको निर्वाचन पहिला गर्नुपर्ने र प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या तथा सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाइनुपर्ने माग गरिएको छ। 

स्थानीय तह प्रदेश मातहत रहनुपर्ने, राजनीतिक दलको भागबन्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्ने माग गरिएको छ। राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र सङ्घीय संसद्को निर्वाचन पूर्ण समानुपातिक प्रणालीका आधारमा गरिनुपर्ने पनि जोड दिइएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७३ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App