८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्जेक्सन दिएर ५७ बाँदर मारियो

टोकियो- उत्तरी जापानको एक चिडियाखानाका ५७ हिम बाँदरहरुलाई घातक इन्जेक्सन दिएर मारिएको छ। तिनीहरूको डीएनए परिक्षण गर्दा आक्रामक विदेशी प्रजाती भएको तथ्य खुलेपछि मारिएको बिबिसीले जनाएको छ।

चीवास्थित ताकागोयामा नेचर चिडियाखानाका अनुसार ती बाँदरहरु मकाकु प्रजातीको बिदेशी बाँदरसँग क्रस गरिएको डीएनए परिक्षणबाट पत्ता लागेको बताइएको छ।

मकाकु गैर आदिवासी  प्रजातीको बाँदर भएको र त्यो जातलाई जापानमा प्रतिबन्ध लगाइएको बताइएको छ।  एक स्थानीय अधिकारीले घरेलु वातावरणको संरक्षणका लागि मार्नै पर्ने भएको बताएका छन्।

चिडियाखाना संचालकहरुले मारिएको बाँदरको सम्झनामा  नजिकैको बुद्ध मन्दिरमा एक  मेमोरियल सर्भिस आयोजना गरेका थिए।  जापानिज  मकाकु जातको बाँदर जापानमा एक मुख्य पर्यटक आकर्षण भएको बताइएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App