८ वैशाख २०८१ शनिबार
राजनीति

अाेलीले केक काटेर जन्मिदन मनाए (भिडियो)

काठमाडौं— बुधबार बिहान एमाले संसदीय दलको बैठक संसद भवनमा बोलाइएको थियो। संसद बैठकमा भाग लिन पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली संसद भवन नयाँ वानेश्वर आइपुग्दा एउटा फरक दृश्य देखियो।

एमाले केन्द्रीय कार्यालयमा एउटा ब्लाक फोरेस्ट केक आइपुग्यो। त्यो अध्यक्ष ओलीको जन्मदिनको केक थियो। उनले केक काटेर पहिलो टुक्र नेता अधिकारीको हातमा दिए। अधिकारीले त्यो टुक्रा आफूले खानुको सट्टा अध्यक्ष ओलीलाई खुवाइदिए।

अध्यक्ष ओलीका सहयोगी राजेश बज्राचार्य दुई झोला चक्लेट लिएर संसदमा आएका थिए।

भिडियो

उनले पत्रकार, सांसदहरु, कर्मचारीहरुलाई दुई–दुई वटाका दरले चकलेट बाँडे। ‘के को उपलक्ष्यमा हो?’, चक्लेट पाएका पत्रकारले प्रश्न गरे। बज्राचार्यले भने, ‘आज अध्यक्ष कमरेडको बर्थ डे हो।’ बुधबारदेखि ओली ६६ वर्ष प्रवेश गरेका छन्।

संसदीय दलको बैठकमा पनि उनले सांसदहरुलाई चक्लेट खुवाए। एमाले सांसद ममता गिरीका अनुसार अध्यक्ष ओली निकै प्रशन्न मुद्रामा चक्लेट लिएर बैठकस्थल पुगेका थिए।

संसदबाट बाहिरिँदा ओलीलाई पत्रकारले प्रश्न राखे, ‘बैठकमा आज के भयो ?’

‘आज म ६६ वर्षमा प्रवेश गरेँ’, बर्थ डे मुडमा भएका अध्यक्ष ओलीले जवाफ दिए।

दिउँसो २ बजेका लागि पार्टी कार्यालयमा १३० जना ज्येष्ठ नागरिकहरुलाई देश दर्शनमा जानुअघि उनले विदाई गर्दै शुभकामना दिने कार्यक्रम तय भएको थियो। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा सहभागी हुन उनी धुम्बाराही पुग्दा त्यहाँ नेताहरु भरतमोहन अधिकारी, महासचिव ईश्वर पोखरेल पहिलै पुगिसकेका थिए।

अध्यक्ष ओली त्यहाँ पनि जन्मदिनको उल्लासकै मुडमा देखिए। धुम्बाराहीमा उपस्थित नेता, कार्यकर्तालाई चक्लेट बाँडे।

यतिकैमा एमाले केन्द्रीय कार्यालयमा एउटा ब्लाक फोरेस्ट केक आइपुग्यो। त्यो अध्यक्ष ओलीको जन्मदिनको केक थियो। उनले केक काटेर पहिलो टुक्र नेता अधिकारीको हातमा दिए। अधिकारीले त्यो टुक्रा आफूले खानुको सट्टा अध्यक्ष ओलीलाई खुवाइदिए। हलमा तालीको गडगडाहट गुञ्जियो।
 

प्रकाशित: ११ फाल्गुन २०७३ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App