coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माेर्चाकाे बन्दले बुधबार मधेशका जिल्लाकाे जनजीवन प्रभावित

राैतहटकाे गाैरमा टायर बालेर प्रदर्शन गर्दै माेर्चाका कार्यकर्ता। तस्बिरः मदन ठाकुर

काठमाडौं– संविधान संशोधन नगरी सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको विरोधमा मधेशी मोर्चाले बुधबार आह्वान गरेको एक दिने मधेश बन्दले तराईका केही ठाउँको जनजीवन प्रभावित भएको छ। 

सप्तरीको राजविराज, पर्साको वीरगन्ज, सिरहाको लाहान धनुषाको जनकपुरलगायत ठाउँको जनजीवन प्रभावित भएको त्यहाँस्थित हाम्रा समाचारदाताहरुले जनाएका छन्। 

बन्दका क्रममा मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका भवनमा तोडफोडसमेत गरेका छन्। प्रदर्शनकारीले हानेको ढुंगा लागेर नगरपालिकाका भवनको झ्यालका सीसासमेत फुटेका छन् । 

राजविराजमा लोमा ताथ छोटो दूरीका सवारी साधन बन्द रहे भने शिक्षण, उद्योग कलकारखाना, बजार तथा पसलसमेत बन्द भए। 

त्यसैगरी जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठेको घरमा बन्दकर्ताले गरेको ढुंगामुढाका कारण महासेठको घरका झ्यालका सीसाहरु फुटेका छन्। उक्त घटनाको एमाले कार्यकताले प्रतिकार गर्दा मोर्चाका दुई कार्यकता सामान्य घाइतेसमेत भएको थिए। 

जनकपुरमा पनि बजार, पसल, कलकारखाना यातायात सबै बन्द रहेको रहेका थिए। 

सिरहामा कन्दकर्ताले उद्योगधन्दा कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प पारे। लहान, गोलबजार, मिर्चैयालगायत ठाउँमा बन्दले जनजीवन प्रभावित भएको थियो। 

बन्दका कारण पर्साको वीरगन्जको जनजीवन समेत प्रभावित भएको छ। 

रौतहटको गौरमा मोर्चाका कार्यकर्ताले निर्वाचन आयोगको कार्यालयमा केही समय ताला लगाएका थिए । बजार, शिक्षणसँस्था, यातायात सबै ठप्प पारिए पनि कुनै बन्द शान्तिपूर्ण नै रहेको बताइएको छ। 

वीरगन्जमा मोर्चाका कार्यकर्ताले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । बजार, यातायार, शैक्षिक संस्थाहरु, वित्तीय संस्थाहरुलगायत बन्द रह्यो । साना सवारी साधन संचालनमा बन्दकर्ताले अवरोध नगरेका कारण बजारमा भने आवागाम बाक्लै थियो । बन्द शान्तिपुर्ण रह्यो । 

दिनभरी पुर्ण रुपमा बजार बन्द गरेर बन्दको हेरेका स्थानीय व्यवसायीहरुले साँझ पाँच बजे पछि पसलहरु खोलेका थिए ।

प्रकाशित: ११ फाल्गुन २०७३ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App