४ वैशाख २०८१ मंगलबार
अर्थ

मोबाइल वित्तीय सेवा आरम्भ गर्न सक्षम र आईएमईबीच सहमति

काठमाडौँ— आईएमई डिजिटल सोलुसन र अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रम सक्षमबीच मोबाइल वित्तीय सेवा आरम्भ गर्ने विषयमा समझदारी भएको छ। मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्न उक्त समझदारी भएको बताइएको छ। 

साझेदारीले हाल नेपालभरिका ६ लाखभन्दा बढी घरपरिवारका उपभोक्तालाई गैर–रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित बालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख÷ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित आइएमईले साझेदारी गर्ने बताएको छ। 
 

प्रकाशित: ११ फाल्गुन २०७३ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App