‘नेपाल लगानी गन्तव्य बनेको सन्देश’

बुधबार, ११ फागुन २०७३, १७ : ४० नागरिक

काठमाडौँ– बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ। 

सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर सम्मेलन सम्पन्न भएको थियो। यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले सम्मेलन नेपालीमाझ विकास–निर्माणको बहस चलाउन र सम्मेलनका सुझावलाई कार्यान्वयनको चरणमा पुयाउने प्रस्थान बिन्दु निर्धारण भएको जनाइएको छ। 

नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएको र लगानीको प्रतिफल प्राप्त हुने कानुनी सुनिश्चितता रहेको सन्देश पनि सम्मेलनले अन्तर्राष्ट्रिय लगानीकर्तामा प्रवाह गरेको जानकारी दिँदै परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भने, “हामी उत्साहित छौँ, कार्यान्वयन गर्ने निकाय सरकार हो, सरकारप्रति पनि हामी आशावादी छौँ।” 

पूर्वाधार विकासबाट मात्र आर्थिक वृद्धिका साथै जनताको जीवनस्तर उकासिने र रोजगारीका अवसर सिर्जना हुने भएकाले सरकारसँगको सहकार्यमा आफूहरू देशको आर्थिक विकासमा सघाउन प्रतिबद्ध रहेको उनले बताए। हालसम्म मुलुकमा सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐनकानुन नरहेको जानकारी दिँदै उनले त्यस्तो कानुन तर्जुमा गर्न सम्मेलनले सरकारलाई झक्झकाएको स्पष्ट पारे।  

एक पृथक प्रसङ्गमा उनले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसले मुलुकको अर्थतन्त्र गतिशील मात्र नभई व्यवसाय प्रवद्र्धन र औद्योगिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। सम्मेलनमा भारत, चीन, बङ्गलादेश, भुटान, इजरायल, सिङ्गापुर, मलेसिया, संयुक्त अरब इमिरेट्स, फ्रान्स, चेक गणतन्त्र र अमेरिकाका लगानीकर्ताले भाग लिएका थिए। रासस 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

Ncell Footer Ad