coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘अटो लोन’ ५० प्रतिशत मात्र दिन पाइने नियमप्रति नाडाको आपत्ती

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले ‘अटो लोन’अन्तर्गत गाडीमा बढीमा ५० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न पाउने गरी राष्ट्र बैंकले ल्याएको नयाँ नियम प्रति नेपाल अटोमोबाइल डिलर्स एशोसिएन(नाडा)ले आपत्ती जनाएको छ।

बैंक तथा वित्तीय संस्थाका लागि अन्य क्षेत्रको तुलनामा कम जोखिमपूर्ण रहेको अटोलोनलाई खुम्च्याउने केन्द्रीय बैंकको निर्णय न्योचित नभएको धारणा नाडाले बुधबार विज्ञप्तीमार्फत सार्वजनिक गरेको हो।

विभिन्न देशका गाडी उत्पादक कम्पनीहरुको नेपालका लागि आधिकारिक बिक्रेता र वितरकका रुपमा रहेका नेपाली व्यापारीहरुको संस्था नाडाले गाडी कर्जामा बैंकलाई कुनै पनि किसिमको जोखिम नै नरहेको दाबी गर्दै त्यस्तो नियम खारेज गर्न माग गरेको छ । 

केन्द्रीय बैंकले मंगलबार मात्रै मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुको मनोमानी कर्जा प्रवाह रोक्न अटोलोनमा कडाइ गरेको थियो। तर, गाडीमा सवारी कर्जामा सीमा तोक्दा आफ्नो आयात व्यापार प्रभावित हुने भएपछि नाडा उक्त नीतिको विरोधमा उत्रिएको छ। 

प्रकाशित: ११ फाल्गुन २०७३ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App