१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदको परिणाम मान्ने/नमान्ने अहिलै भन्न सकिन्न : मोर्चा नेता

तमलोपा महामन्त्री शुक्ल।

काठमाडौं— संविधान संशोधनको माग गर्दै आएका मधेसी मोर्चाका नेताले संविधान संशोधनको परिणाम स्वीकार्ने वा नस्वीकार्ने अहिलै भन्न नसकिने बताएका छन्।

एमाले सहित ९ विपक्षी दलले संविधान संशोधन प्रस्तावमाथि संसदमा मतदान हुँदा आउने परिणाम मधेसी मोर्चाले मान्ने के ग्यारेन्टी छ भन्दै सत्ता पक्षको धारणा माग गरेको सन्दर्भमा मोर्चा नेताको यस्तो भनाइ सार्वजनिक भएको हो।

‘हामीले जुन कुराका लागि सरकारलाई समर्थन गरेका छौं त्यो परिणाम निश्चित रुपमा खोज्छौं’, ९ विपक्षी गठबन्धनको निर्णयबारे उनले भने, ‘परिणाम आएपछि हामी फेरि निर्णय गर्छौं। त्यो आजै भन्ने कुरा होइन।’

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले नागरिकन्युजसँग भने, ‘हामीले जुन कुराका लागि सरकारलाई समर्थन गरेका छौं त्यो परिणाम निश्चित रुपमा खोज्छौं’, ९ विपक्षी गठबन्धनको निर्णयबारे उनले भने, ‘परिणाम आएपछि हामी फेरि निर्णय गर्छौं। त्यो आजै भन्ने कुरा होइन।’

नेपाली कांग्रेस र माओवादीले सरकार गठनका बेला गरेको सर्त पूरा गर्नु उनीहरुको दायित्व भएको उनले बताए। ‘हाम्रो चाहना सरकारसँग जे कुराको सहमति भएको छ त्यो पूरा होस् भन्ने मात्र हो। त्यसलाई पूरा गर्नु यो सरकारको दायित्व हो। सरकारले प्रतिपक्षीसँग कुरा गरेर पूरा गर्छ, चाहे जसरी गर्छ त्यो सरकारको काम हो’, उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारको सर्वदलीय बैठकमा संविधान संशोधन प्रस्ताव बुधबारदेखि अघि बढाउने बताएका थिए। बुधबारको संसद बैठकमा संशोधन प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको थियो। मोर्चाको नियतमाथि शंका जनाउँदै एमाले सहित ९ विपक्षी दलले संसदबाट आउने परिणामबारे मोर्चा र सत्तारुढ दलको धारणा माग गरेका हुन्।

मधेसी मोर्चाले संविधान संशोधनलाई चुनाबको सर्त बनाउँदै आएको छ। नयाँ संविधानप्रति असन्तुष्टि राख्दै आएको भारतले जस्तै मोर्चाले पनि संविधानमा संशोधन चाहेको छ। संविधान संशोधन गर्ने सर्तमा मोर्चाले दाहाल सरकारलाई समर्थन गरेको थियो।
 

प्रकाशित: ११ फाल्गुन २०७३ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App