नयाँ शक्तिद्वारा सर्वपक्षीय सरकारको माग

बुधबार, ११ फागुन २०७३, १३ : ०६ नागरिक

काठमाडौं– नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्वाचनका लागि संविधान संशोधन र सर्वपक्षीय सरकार आवश्यक भएको बताएका छन्।

डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ‘त्यसका लागि सर्वपक्षीय सरकार अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ।

बुधबार बसेको पार्टीको बैठकपछि एक बक्तव्य जारी गर्दै संयोजक डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ‘त्यसका लागि सर्वपक्षीय सरकार अनिवार्य छ’, विज्ञप्तिमा भनिएको छ।

सबैलाई सहमतिमा नलिई दलीय आग्रहका आधारमा निर्वाचन घोषणा गरेको भन्दै उनले संविधान संशोधन गरी सर्वपक्षीय सरकार बनाए मात्र निर्वाचन सफल रुपमा गर्न सकिने उल्लेख गरेका छन्।

असन्तुष्ट पक्षहरुको माग सम्बोन गर्दै संविधान संशोधन गर्नु पर्ने, प्रदेशको सीमाङ्कन र स्थानीय तहको पुनर्संरचना विवाद अन्त्य गरिनु पर्ने, स्वच्छ र निष्पक्ष सर्वपक्षीय सरकार गठन गरिनु पर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने माग गरिएको छ। यसैगरी निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्ने, समय तथा खर्च बचतका लागि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्नु पर्ने आफ्नो पार्टीका मुख्य धारणा रहेको डा. भट्टराइले उल्लेख गरेका छन्।
 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad