coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुखबाट लडेर युवकको मृत्यु

बाजुरा—बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताए।

मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको बताइएको छ। डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो।

रोकायाको मृत्यु भएपछि ६ महिनाकी छोरी र मृतककी पत्नी सहाराबिहीन भएका छन्। रासस

प्रकाशित: ११ फाल्गुन २०७३ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App