coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

काठमाडौं- नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो।

वातावरणीय प्रदुषण नियन्त्रण गरी वातावरणमैत्री सहर निर्माण गर्न विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेका छन् । त्यस्तै इन्धनरहित सवारी साधन भिœयाएर वातावरणमैत्री सहर निर्माण गर्न सहज हुने देखिन्छ । यससँगै धुलो तथा धुवारहित सवारी साधनको प्रयोगका लागि भारतीय महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता अग्नि इनर्जी प्रालिले ‘इटुओ मोटसर््’ बजारमा ल्याइसकेको छ । 

इनर्जी टु अक्सिजन (इटुओ) मोटसर््को धुवारहित विद्युतीय सवारी अहिले काठमाडौंमा विशेषगरी चिकित्सक, इन्जिनियर र ठूला व्यवसायीले प्रयोग गरिरहेका छन् । नेपालमा इटुओको सवारी सन् २००७ मा भित्रिएको अग्नी इनर्जी प्रालिका सवारी बिक्री विभागका सिनियर म्यानेजर प्रमोद भण्डारीले जानकारी दिए ।

म्यानेजर भण्डारीले महिन्द्रा रेभाको चारपांग्रे विद्युतीय सवारी सन् २००७ मा नेपाल भित्रिएको बताए । उनका अनुसार  पहिलोपटक महिन्द्रा रेभा पाँचवटा भित्रिएका थिए । इको भिजन नेपाल कम्पनीले महिन्द्रा रेभा भिœयाएको थियो । 

अग्नि ग्रुपले भने सन् २०१२ मा सानो रेभाको मोटसर्् भिœयाएको थियो । यसको सफलतापछि २०१३ मा रेभा इटुओ भिœयाएको कम्पनीको भनाइ छ । इटुओमात्र एक सय ५५ वटा नेपालमा बिक्री भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिलेसम्म दुइ सय ५५ वटा महिन्द्राको सवारी बिक्री भइसकेका छन् ।

अहिले महिन्द्राका इटुओ र इटुओ स्पोर्ट्स नेपालमा उपलब्ध छन् । इटुओभन्दा इटुओ स्पोटर््सको थप परिमार्जनसहित नयाँ मोडल बजारमा आएको हो । इटुओ स्पोटर््स डिएलआर लाइट, अडिओ स्टेरिङ कन्ट्रोल, रियर वाइपर, लेदर सिटलगायत विशेषतायुक्त छ । इटुओ स्पोटर््स युरोपियन मापदण्डको विद्युतीय सवारी रहेको कम्पनीको दाबी छ।

महिन्द्रा इटुओको डिलर पोखरा र भैरहवामा पनि छ । पर्यटकीय सहर पोखरामा व्यवसायीले इटुओ स्पोटर््सको कार बढी चढ्न थालेको कम्पनीको भनाइ छ । उक्त कम्पनीको सवारी रातो, कालो र सेतो रङमा उपलब्ध छन् ।

अग्नी इनर्जी प्रालिका सिनियर म्यानेजर भण्डारीले भने, ‘नेपालमा इन्धनको खानी छैन, हामीसँग भएको हाइड्रोपावरमा लगानी गर्दै विद्युतको सक्दो उपयोगबाट वातावरणमैत्री सहर विकासमा इलेक्ट्रोनिक सवारी नै आजको आवश्यकता हो ।’ जस्तोसुकै नाकाबन्दीमा पनि हामी निर्धक्क भएर स्वदेशी बिजुली प्रयोग गरेर देशको अर्थतन्त्रलाई मजबुत बनाउन सक्ने भण्डारीको भनाइ छ।

विश्वले नै प्रदुषणरहित सहर विकासको परिकल्पना गरिरहेको अवस्थामा नेपाल सरकारले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै लैजानुपर्ने उनको माग छ। उनले भने, ‘विद्युतीय सवारीका पाटर््स ल्याउने क्रममा भन्सार र भ्याट छुट दिन सके अहिलेको तुलनामा सस्तोमा नै विद्युतीय सवारी किन्न सकिन्छ ।’ विगतको नाकाबन्दीले पनि इलेक्ट्रिक  सवारीप्रतिको चासो र सम्भाव्यतालाई थप मजबुत बनाएको उनको भनाइ छ ।

इटुओ स्पोटर्सका विशेषता

विद्युतीय सवारी साधन भएकाले वर्षमा एकपटक मात्रै सर्भिसिङ गर्दा पुग्छ । इटुओ स्पोटर््समा लिथियम ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले उक्त ब्याट्रीमा ६० हजार किलोमिटर वारेन्टी दिएको छ । यस्तै, स्टेरिङ कन्ट्रोल, लेदर सिट, अटोगेर सिस्टम, चार्जर प्वाइन्ट, फास्टर चार्जर डिभाइस, तीन वर्ष वारेन्टी, १० वटा ल्यापटप सफ्टवेयर जडान गरिएको हुन्छ । यसको ब्याट्री नौ घन्टामा सय प्रतिशत चार्ज हुन्छ भने यसबाट एक सय २६ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । परमिट ट्याक्स निःशुल्क छ ।

मोबाइलबाटै विस्तृत जानकारी

कम्पनीले ‘माइ रिमोट’ नामक मोबाइल एप्स बनाएको छ । एप्सबाटै उक्त सवारी साधनबारे विस्तृत जानकारी लिन सकिनेछ । कम्पनीका अनुसार सवारीको चार्ज, लक र अनलक, भ्याकेसन मोड, रिभाइभ सिस्टम मोबाइलबाटै हेर्न सकिन्छ । मोबाइलमा रहको एप्लिकेसनमार्फत चार्जबाट आफ्नो सवारीमा रहेको चार्ज प्रतिशत, लक र अनलकबाट सवारी साधन अनलक मोडमा भए एप्सबाटै लक गर्न सकिने छ । यस्तै, सवारीधनीको फोन नम्बर र इटुओ स्पोटर््समा भएको सिम कार्डलाई एक्टिभेट गरेर भारतमा भएको कम्पनीको सर्भिस डिपार्टमेन्टको सर्भरसँग कनेक्ट भएपछि मात्रै सवारी साधनबारे विस्तृत जानकारी लिन सकिने छ ।

चार्ज गर्ने तरिका

सामान्यतया विद्युतीय सवारी घरमा रहेको प्लगबाट नै चार्ज गर्न सकिन्छ । जसरी मोबाइल चार्ज गर्छौं त्यसरी नै यो साधनको ब्याट्री पनि चार्ज गर्न सकिन्छ । कम्पनीका सिनियर म्यानेजर भण्डारीले भने, ‘यसरी चार्ज गर्दा सकभर रातीको समयमा चार्ज गर्दा उत्तम हुन्छ । विद्युतको प्रवाह राती समान हुने भएकाले राती चार्ज गर्नुपर्छ । यसले ब्याट्री फुल चार्ज हुन पाउँछ ।’

वातावरणमैत्री ‘इलेक्ट्रिक सवारी’

कम्पनीका सिनियर म्यानेजर भण्डारी वातावरण सन्तुलन राख्न विद्युतीय सवारी साधन नै पहिलो सवारी भएको बताउँछन् । विगतमा इको विज्ञहरुले यस्ता सवारी साधन रोजे पनि अहिले सबैले यसको महŒव बुझेपछि विद्युतीय सवारी किन्नेतर्फ लागेको भण्डारीको भनाइ छ । स्वच्छ हावा, सफा सहरका लागि मात्रै नभएर स्वस्थ वातावरणका लागि पनि विद्युतीय सवारी नेपालमा अनिवार्य छ ।

पछिल्लो समय विश्वका सवारी साधन उत्पादक कम्पनीमा जनरल मोटर्स, फक्सवागन, ड्रिमलर, एजीलगायत कम्पनी विद्युतीय सवारी साधन उत्पादनमा लागेका छन् । अमेरिकामा सन् १९०० मा चार हजार एक सय ९२ कार उत्पादन गरिएकोमा त्यसमा २८ प्रतिशत विद्युतीय कार रहेका थिए ।

प्रकाशित: ११ फाल्गुन २०७३ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App