८ वैशाख २०८१ शनिबार
राजनीति

'रकम असुल्ने' सचिव सतर्कतामा सरुवा

काठमाडौं-कर्मचारीसँग रकम असुलेको आरोप लागेका सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ। आफ्नै मन्त्रालय मातहतका कर्मचारीसँग ‘घूस’ मागेको आरोपमा विवादमा तानिएका सचिव ठाकुरलाई सरकारले सोमबार सरुवा गरेको हो। 

अनियमिततामा संलग्न रहेको आरोप लागेका सचिवलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा उल्टै पुरस्कृत गर्दै अनियमितता छानविन गर्ने निकायमा सरुवा गरेको भन्दै आलोचना भएको छ । सचिव ठाकुरले सिँचाइ विभागका उच्च अधिकारी, आयोजना प्रमुख, डिभिजन प्रमुखसँग ‘घूस’ मागेको आरोपमा कर्मचारी आन्दोलित भएपछि सिँचाइमन्त्री दीपक गिरीको प्रस्तावमा हटाइएका हुन् ।

अनियमितताको आरोप लागेका सचिवलाई कारबाही गर्नुको साटो ‘राष्ट्रिय सतर्कता केन्द्र’ मा पठाउनु लज्जाको विषय भएको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । ‘सचिवलाई आरोप लागेपछि छानबिन गर्नुपथ्र्यो,’ ती सचिवले भने, ‘अनियमितता गर्नेलाई पुरस्कृत गरेर छानविन गर्ने निकायमा जिम्मेवारी दिइएको छ ।’ सचिव ठाकुरलाई हटाउन माग गर्दै देशभरका तीन सय कर्मचारीले हस्ताक्षर गरेका छन् ।

सचिव ठाकुरले कर्मचारी सरुवामा रकम असुल्ने, रकम नबुझाए अनावश्यक ठाउँमा सरुवा गर्ने, आयोजना र कार्यालय प्रमुखसँग लाभ लिने, दुव्र्यवहारलगायत गतिविधि गरेको गुनासो कर्मचारीले गुनासो गरेपछि मन्त्री गिरीले उनलाई हटाएका हुन् । ठाकुरले भने आफूलाई झूटो आरोप लगाएको बताउँदै आएका छन् । गलत काम गर्ने आयोजना प्रमुखमाथि कारबाही प्रक्रिया अघि बढाएपछि गोलबद्ध भएर आफूलाई अनावश्यक आरोप लगाएको सचिव ठाकुरले बताए ।

प्रकाशित: ११ फाल्गुन २०७३ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App