२० हजार बुथ, अढाइ लाख कर्मचारी

बुधबार, ११ फागुन २०७३, ०७ : ४६ अजित तिवारी

विराटनगर-स्थानीय तहको निर्वाचनमा देशभर २० हजारभन्दा बढी मतदान बुथ कायम गरिने भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले सबै तयारी गरेरमात्रै निर्वाचन मिति घोषणा गरेको जानकारी दिए ।

                दोस्रो संविधानसभा निर्वाचनमा देशभर १२ हजार मतदान बुथ कायम गरिएकोमा स्थानीय निर्वाचनमा त्यसको संख्या २० देखि २१ हजारसम्म पु¥याइने तयारी भइसकेको गृहमन्त्री निधिले बताए । मोरङको कसेनीमा मंगलबार कांग्रेस क्षेत्रीय भेलामा गृहमन्त्री निधिले सरकारले सबै तयारी पूरा गरेर निर्वाचन मिति घोषणा गरेकाले चुनाव हुने÷नहुने दुविधा नराख्न आग्रह गरे ।

                सरकारले स्थानीय निर्वाचनमा दुई लाख ६० हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र निजामती गरी स्थानीय निर्वाचनमा दुई लाख ६० हजार सरकारी कर्मचारी परिचालन गर्ने तयारी गरिएको गृहमन्त्री निधिले जानकारी दिए । ‘स्थानीय निकायको निर्वाचन एकै दिन गराउन सक्दैन भन्ने हल्ला थियो,’ उनले भने, ‘सरकारले सबै थोकको जोहो र गुणा–भाग गरेर मात्रै निर्वाचन मिति घोषणा गरेको छ, ढुक्क हुनुस् चुनाव तोकिएकै मितिमा हुन्छ ।’

                जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले स्थानीय निकायको चुनाव वैशाखमै गर्न लागेको हो । ‘सरकारको नीति तथा कार्यक्रम र बजेट जेठ १५ भित्रै सार्वजनिक गरिसक्नुपर्ने संवैधानिक बाध्यताले निर्वाचन वैशाखमै गर्नुपरेको हो,’ गृह मन्त्री निधिले भने, ‘चुनाव हुनेमा अव दुविधा छैन ।’

                संविधान संशोधनका विषय र निर्वाचनकै मिति घोषणा गर्नका लागि सोमबार नेपालकै इतिहासमा मन्त्रिपरिषद्को बैठक एकै दिन तीनपटक बसेको दाबी गर्दै मन्त्री निधिले भने, ‘निर्वाचन सम्बन्धित सबै काम फास्ट ट्र्याकमा पूरा गरेर चुनावको वातावरण र मिति तोकेका हौं ।’ स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनमा असन्तुष्टि जनाइरहेको प्रदेश नम्बर २ मा जनसंख्याका आधारमा बढाउनुपर्ने गाउँपालिकाको न्यूनतम संख्या र सीमांकनसमेत तोक्न सरकारले सात दिनभित्र प्रदिवेदन बुझाउन अर्को समितिसमेत बनाएको उनले जानकारी दिए ।

                सोमबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ को ८ वटा जिल्लामा जनसंख्याको आधारमा थप्नुपर्ने गाउँपालिका र सीमांकनसमेत तोक्न टोली खटाइसकिएको उनले जानकारी दिए । गृहमन्त्री निधिले स्थानीय निर्वाचनका लागि असहमति जनाइरहेको मधेसी मोर्चाकै सल्लाहमा सरकारले चुनावको तयारी थालेको समेत बताए । ‘सबै कुरामा मधेसी मार्चासित सरसल्लाह गरेरै सरकार अगाडि बढेको हो,’ उनले भने, ‘आन्दोलनको कुरा नगर्नुस्, बेइमानी गरे पो, आन्दोलन!’

                संविधान संशोधन र निर्वाचनका लागि मधेसी मोर्चाको सहयोग आवश्यक रहेको बताउँदै उनले सरकार संशोधनप्रति प्रतिबद्ध रहेको दाबी गरे । ‘संविधान संशोधन प्रक्रिया पनि अब सुरु हुन्छ, बाधक एमाले हो,’ उनले भने, ‘एमालेबाहेकको दुई तिहाइ पुर्‍याउन पनि सरकार प्रयासरत छ।’

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad