मलेसियासँग श्रम सम्झौता हुँदै

बुधबार, ११ फागुन २०७३, ०७ : ११ रुद्र खड्का

काठमाडौं-वर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको छ।  मलेसियाको मानव संशाधन मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो।

श्रम सम्झौताबिना लाखौं नेपाली मलेसिया जाँदा आर्थिक र अन्य शोषणमा परिरहेको लगातारको गुनासोपछि मलेसिया सरकार सम्झौता गर्न तयार भएको छलफलमा सहभागी श्रम तथा रोजगार मन्त्रालयका उपसचिव शिवराम पोखरेलले जानकारी दिए ।  पछिल्लो समयमा मलेसिया जाने नेपाली कामदार असुरक्षित भएपछि त्यहाँ जाने संख्या निरन्तर घटिरहेको  थियो । नेपाली कामदारको संख्या घट्न थालेपछि मलेसिया श्रम सम्झौता गर्न तयार भएको बताइएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर हालसम्म मलेसियामा करिब १० लाख युवा पुगेका छन् । जसमध्ये कति फर्किए भन्ने विवरण भने विभागसँग छैन । विभागका अधिकारी मलेसियामा करिब ६ लाख नेपाली रहेको अनुमान गर्छन् । मलेसियाको गृह मन्त्रालयले भने करिब ५ लाख नेपाली त्यहाँ रहेको बताउँदै आएको छ । एक लाख नेपाली मलेसियामा अवैध रूपमा बसेको अनुमान छ । विभागले हालसम्म वैदेशिक रोजगारीमा जानेको मात्र विवरण राख्छ तर फर्कंनेको नराख्दा विदेशमा कति नेपाली छन् भन्ने खुल्न सकेको छैन ।

विगतमा नेपालले पटकपटक श्रम सम्झौताको प्रयास गर्दै आए पनि मलेसियाले विभिन्न बहाना बनाउँदै पन्छिने गरेको थियो । पोखरेलका अनुसार यसपटक मलेसिया आफ्नै देशको श्रम कानुनमा आधारित रहेर नेपालसँग सम्झौता गर्न तयार भएको हो । तर, नेपालले मलेसियाबाट प्रस्तावित उक्त सम्झौतामा परिमार्जन गरी २४ सैं घन्टा बिमा र कामदारको आतेजाते टिकट रोजगारदाताले उपलब्ध गराउनुपर्ने अडान राखेको पोखरेलले बताए ।

‘दुबै देशका सहसचिवले नेतृत्व गरेको छलफलमा नेपालले थप गर्न चाहेका दुइटा विषयमा समझदारी नभएकाले अर्को छलफलमा टुंगो लगाउने सहमति भएको छ,’ पोखरेलले भने । दुई महिनापछि नेपालले प्रस्ताव गरेका विषय टुंगो लगाउन पुनः दुबै देशका अधिकारीबीच छलफल हुनेछ । ‘कामदारको २४ सैं घन्टा बिमा  र रोजगारदाताले आतेजाते टिकट दिने सहमति जनाएपछि श्रम सम्झौता हुन्छ,’ उनले भने, ‘अब बढीमा दुई/तीन वटा छलफलपछि मन्त्री स्तरबाट श्रम सम्झौता हुने अपेक्षा गरेका छौं ।’ यसका लागि दुई/तीन महिना लाग्ने बताइएको छ ।

नेपालले श्रम स्वीकृति जारी गरेर कामदार पठाउने देशमध्ये अहिलेसम्म धेरै नेपाली पुगेको मुलुक मलेसिया हो ।  नेपालले सर्वाधिक कामदार पुगेको मुलुकसँगै नै श्रम सम्झौता गर्न नसक्दा सरकारको आलोचना भइरहेको छ । नेपालले १ सय ७ देश (हाल इराक, सिरिया र लिबिया बन्द) मा श्रम स्वीकृति जारी गरेर कामदार पठाउने गरे पनि ओमान, बहराइन, कतार, जापान, कोरिया र इजरायलसँग मात्र श्रम सम्झौता भएको छ ।

जापान, कोरिया र इजरायलमा भने जिटुजी (दुबै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाबाट मात्र कामदारलाई श्रम स्वीकृति दिएर पठाइन्छ । जापान, कोरिया र इजरायलमा कुनै पनि मेनपावरले ल्याएको मागका आधारमा श्रम स्वीकृति प्रदान गरिँदैन ।

मलेसियासँग श्रम सम्झौता छलफलमा नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भूर्तेलको नेतृत्व टोली र मलेसियाका तर्फबाट त्यहाँको मानव संशाधन मन्त्रालयका सहसचिव कारुपैहाको नेतृत्वमा रहेको टोलीले दुई दिनसम्म छलफल गरेको थियो ।

कामदारको शुल्क रोजगारदाताले फिर्ता दिने

मलेसिया जाने कामदारले माइग्राम्स, ओएससी तथा आइएससीको नाममा तिर्दै आएको शुल्क भने मलेसियन रोजगारदाताले फिर्ता गर्ने सहमति भएको छ । श्रम तथा रोजगार मन्त्रालयका उपसचिव पोखरेलका अनुसार नेपाली पक्षले मलेसिया जानुअघि नै माइग्राम्स, ओएससी तथा आइएससीको नाममा उठाउने गरिएको शुल्कबारे विरोध जनाएपछि मलेसियन अधिकारी अबदेखि उक्त शुल्क मलेसियाका रोजगारदाताले फिर्ता गर्ने व्यवस्था मिलाउन सहमत भएका हुन् । हाल मलेसिया जाने कामदारले बायोमेट्रिक स्वास्थ्य परीक्षणसहित माइग्राम्स, ओएससी तथा आइएससीको नाममा करिब साढे १७ हजार रुपैयाँ खर्च गर्नु पर्छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad