७ वैशाख २०८१ शुक्रबार
खेल

ग्रिजम्यान गोल्डेन बुटको प्रमुख दाबेदार

मार्सेली- जारी युरोकपमा लगातार उत्कृष्ट पर्दशन गर्दै आयोजक फ्रान्सलाई फाइनलको यात्रासम्म डोर्‍याएका एन्टोनी ग्रिजम्यान गोल्डेन बुट पाउने सम्भावना मजबुत बनाएका छन्। जारी प्रतियोगितामा उनले हालसम्म ६ गोल गरिसकेका छन्। जुन कुनै पनि खेलाडीले युरोकपको पहिलो सहभगितामा गरेको सर्वाधिक गोल हो। उनले क्वाटरफाइनलमा आइसल्याण्डविरुद्ध पनि दुई गोल गर्दै टोलीको उद्धार गरेका थिए।

सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेका ग्रिजम्यान भन्दा पछि पेार्चुगलका क्रिस्टियानो रोनाल्डो, वेल्सका ग्यारेथ बेल र स्पेनका अल्बारो मोराटा समान ३-३ गोलसहित तेस्रो स्थानमा छन्।

यता गोल्डेन ग्लब्सको दाबेदारका रुपमा भने फ्रान्सका गोलरक्षक ह्युगो लोरिश तथा पोर्चुगलका गोलरक्षक रुई प्याटी्रको छन्। उनीहरु भन्दा पछि दावेदारका रुपमा जर्मनीका गोलरक्षक म्यानुएल न्युअर छन्।

त्यस्तै सर्वोउत्कृष्ट खेलाडीले पाउने गोल्डेन बलको दाबेदार ग्रिजम्यान र रोनाल्डो छन्। उनीहरुसँगै यो सूचीमा फ्रान्सका डिमिटि्र प्याएट र जर्मन गोलरक्षक न्युअर छन्।

प्रकाशित: २४ असार २०७३ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App