भारत भ्रमणका लागि १९ सदस्यीय क्रिकेट टोली घोषणा

मङ्गलबार, १० फागुन २०७३, १८ : ४३ नागरिक

काठमाडौं— भारतमा खेलिने अभ्यास खेलका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीका प्राविधिक विश्लेषक रमन शिवाकोटीका अनुसार भारत भ्रमणमा कप्तान पारस खड्का रहने छैनन्। टोली नेपाल फर्किएपछि काठमाडौंमा हुने आइसीसी वल्र्ड क्रिकेट लिगको केन्याविरुद्धको खेलमा भने उनले सहभागिता जनाउनेछन्। 

आईसीसी प्रतिनिधि बेङ्कटापति राजु, प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले अभ्यास खेलाडी छनौट गरेका हुन्।

रतबाट फर्किएपछि अन्तिम १४ सदस्यीय टोली तथा चार वैकल्पिक खेलाडीको छनौट हुनेछ।

मंगलबार घोषणा गरिएको टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, दीलिप नाथ, मेहबुब आलम, करन केसी, आसिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषवाकर, शक्ति गौचन, अविनाश कर्ण तथा सोमपाल कामी छन्। त्यसैगरी सुनिल धमाला, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी, विनोद भण्डारी र सन्दीप लामिछाने अभ्यास टोलीका लागि छनौट भएका छन्।

आईसीसी प्रतिनिधि बेङ्कटापति राजु, प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले अभ्यास खेलाडी छनौट गरेका हुन्।

नेपाली टोली अभ्यासका लागि शुक्रबार भारत प्रस्थान गर्नेछ र मार्च ३ मा नेपाल फर्किनेछ। नयाँ दिल्लीमा नेपाली टोलीले तीन वटा अभ्यास खेल खेल्लेनेछ।
केन्याविरुद्ध मार्च ११ र १३ मा त्रिवि क्रिकेट मैदानमा नेपालले ५० ओभरका दुई खेल खेल्न खेल्नेछ।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad