हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

मङ्गलबार, १० फागुन २०७३, १८ : ३९ नागरिक

न्युयोर्क- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन्।

न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए। राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।

“मेरो राष्ट्रपति दिवस होइन” शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन्।

सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ।

एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले “राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ” लेखेका छन्।  

राष्ट्रपति दिवसकै दिन उहाँले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्। यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उहाँले म्याकमास्टरलाई नियुक्त गरेका हुन्।

ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेलेका थिए।रासस/एएफपी

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad