coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालार्इ भेटिन् चिनियाँ राजदूत युले, निर्वाचन घाेषणा गरेकाे बधार्इ

काठमाडाैं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनिया राजदूत यू होङले शिष्टाचार भेट गरेकी छन्।

नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा केन्द्रित भेटघाटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युतलगायतको क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको धारणा राख्नेकाे काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जनाएका छन्। 

देउवा निवास बुढानीलकण्ठमा भएकाे उक्त भेटका अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताए । उनले संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावना समेत सम्वोधन हुने विश्वास दिलाएकाे मुख्य सचिव पाैडेलले जनाएका छन्।

नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको सह्रानासमेत देउवाले गरे।

प्रकाशित: १० फाल्गुन २०७३ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App