स्वामी कमलनयनाचार्यको महायज्ञ उद्‍घाटन गर्न बाग्लुङ पुगे मुख्य सचिव

मङ्गलबार, १० फागुन २०७३, १८ : ०४ संगम घर्तीमगर

बाग्लुङ- स्वामी कमलनयनाचार्यले आयोजना गरेको महायज्ञको उद्‍घाटन गर्न मुख्य सचिव सोमलाल सुवेदी बाग्लुङ पुगेका छन्। सुवेदी सँगै बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय समेत बानपा—८ पञ्चकोटमा पुगे।

मुख्य सचिव सुवेदीले यहाँको पञ्चकोटमा निर्माणाधीन भौतिक संरचना पूरा गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार देखि बानपा—८ पञ्चकोटमा शुरु भएको तेस्रो विराट श्री महायज्ञको मंगलबार उद्घाटन गर्न यहाँ आएका थिए। ‘यहाँका सरकारी कार्यालयको तर्फतबाट त सहयोग भैरहेको रहेछ,’ सुवेदीले भने,‘जिल्लाको योजनामा प्राथमिकता पारेर पठाउनुस् केन्द्रबाट आवश्यक सहयोग गर्न मैले पहल गर्नेछु।’

उनले पञ्चकोट धामको रुपमा विकास हुनु राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘यो प्राकृतिक रुपमा पनि सुन्दर ठाउँमा धार्मिक तथा पर्यटकीय धाम निर्माण गर्न यहाँहरु लागिरहनुभएको छ,’ डा.सुवेदीले भने,‘यहाँ निर्माण हुने एक सय ८ फिट अग्लो कलशले सारा विश्वको ध्यान नेपालमा खिच्नेछ। यो राष्ट्रकै लागि गौरवको विषय हो।’ सुवेदीले जिल्लामा सञ्चालन हुने योजना तथा कार्यक्रममा पञ्चकोटलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिए । तीन वर्षको छोटो अवधीमै उल्लेख्य काम भएको बताउँदै मुख्य सचिव सुवेदीले पञ्चकोटले बाग्लुङलाई धार्मिक पर्यटनका केन्द्र बनाउने विश्वास व्यक्त गरे।

वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले पञ्चकोट ठूलो योजना भएकाले सबैको साझा प्रयासबाट मात्र सम्पन्न गर्न सकिने बताए ।

 कार्यक्रममा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले धार्मिक र पर्यटन क्षेत्रको हिसाबले महत्वूर्ण हुने पुण्य भूमिका लागि आवश्यक बजेट विनीयोजन गरेर सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव सुवेदीलाई आग्रह गरे। ‘यो भूमि पावन मुक्तिक्षेत्र भूमि हो, गंगा भन्दा पनि पवित्र कालिगण्डकी भूमि हो,’ स्वामी कमलनयनाचार्यले भने,‘यो पुण्य भूमिलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारको तर्फबाट पनि सहयोग होस् ।’ महायज्ञ मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले पञ्चकोटलाई नेपाल सरकारको क्रमागत योजनामा समावेश गरी वार्षिक ५० करोड विनियोजन गर्न माग गरे।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad