coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अग्नि इन्कर्पाेरेटेडको महिन्द्रा शोरुम चरिकोटमा

चरिकोट– महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले दोलखाको चरिकोटमा नयाँ शोरुम खोलेको छ ।
नेपालका लागि महिन्द्राका कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले उक्त शोरुमको उद्घाटन गरेका हुन्।

सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्य शोरुम खोलिएको भन्दै कम्पनीले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने जनाएको छ। महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय युभी सिरिजलगायत महिन्द्राका अन्य सेवा दिन शोरुम खोलिएको कम्पनीले जनाएको छ।

अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट् डिरेक्टर – सेल्स्, बरदान बस्नेतले चरिकोटमा खोलिएको शोरुमले ग्राहकहरुलाई महिन्द्रा गाडीहरु सहजै उपलब्ध गराउने बताए।

 

प्रकाशित: १० फाल्गुन २०७३ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App