६ वैशाख २०८१ बिहीबार
राजनीति

स्थानीय निर्वाचनमा भोटिङ मेशिन हैन मतपत्र नै

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा. अयोदी प्रसाद यादवले विद्युतीय भोटिङ् मेशिनको सम्भावना नभएको बताएका छन्। रिपोटर्स क्बलमा बोल्दै यादवले भने,‘अब मतपत्रमै निर्वाचन हुन्छ।’ यादवले नेपालमा विद्युत्तीय मेशिनको उत्पादन नभएकोले पनि अब भोटिङ् मेशिनको सम्भावना नरहेको धारणा राखे। उनले अहिले २१ हजार मतदान केन्द्र रहेकोले यसैको आधारमा निर्वाचन गर्ने जनाए।

चुनावको लागि अति आवश्यक मतपत्र जनक शिक्षा सामाग्रीको क्षमताले मात्रै नभ्याउने भएकोले के गर्ने भन्नेबारेमा पनि छलफल भैरहेको बताए। उनले थपे,‘त्यस्तै व्यालेट बक्सपनि अन्यत्रबाट ल्याउनुपर्छ, ८० लिटरको २५ हजार बक्स चाहिन्छ, प्लाष्टिक पारदर्शीको बक्स चाहिन्छ।’

उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनकोलागि आफूहरुले सरकारसँग आग्रह गरेको समेत जानकारी दिए।

यसअघि आयोगले दुई चरणमा चुनाव गर्ने भनेर भनेपनि अब एकै चरणमा गर्ने भएकोले त्यसको लागि आफूलाई धन्यवाद दिनुपर्ने बताए।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत बुकलेट, ब्रोशरहरु छपाउने उनको भनाई थियो।

 

 

प्रकाशित: १० फाल्गुन २०७३ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App