७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

दक्षिणी सुडानका करिब १ लाख जनता भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघ तथा त्यहाँको सरकारले बताएको छ। सरकारले दक्षिणी सुडानको केही क्षेत्रमा भोकमरीको समस्या रहेको बताएको छ।  

भोकमरीले सुडानको युनिटि क्षेत्रलाई प्रभाव पारेको र तत्कालै काम गर्न नसकेमा समस्या अझै बढ्ने स्थिती रहेको बताइएको छ।  राष्ट्रसंघको आधिकारिक संस्था युनिसेफले सुडानका लगभग ५० हजार जनताहरुलाई तत्कालै खानाको आवश्यकता परेको बताएको छ। यो संख्या दक्षिणी सुडानको लगभग ४० प्रतिशत भन्दा बढी भएको समेत युनिसेफले बताएको छ।

भोकमरीले सुडानको युनिटि क्षेत्रलाई प्रभाव पारेको र तत्कालै काम गर्न नसकेमा समस्या अझै बढ्ने स्थिती रहेको बताइएको छ।

लामो समय सम्म खडेरी परेमा वा खानाको आपूर्ति कुनै कारणले गर्दा कमी आएमा मात्र भोकमरीको समस्या आउँछ भन्ने नरहेको बताइएको छ।

थोरैमा २० प्रतिशत घरधुरीले भोकमरीको समस्या सामना गरेको युनिसेफले बताएको छ। प्रत्येक दिन दश हजार जनसंख्यामा २ जनाको भोकमरिका कारण मृत्यु हुने अवस्था रहेको जनाइएको छ।

सोमवार प्रकाशित एक प्रतिवेदन अनुसार भोकमरीलाई अन्य सम्भावित क्षेत्रमा समेत फैलिन नदिनका लागि विशेष ध्यानकार्षण र मानवीय सहायता बढाउनुपर्ने बताइएको छ।

दक्षिणी सुडानस्थित विश्व खाद्य कार्यक्रमकी प्रमुख जोयस लुमाले यो भोकमरी मानव निर्मित भएको बताएकी छन्। उनले विगत ३ वर्ष यताको द्वन्द्वले कृषि उत्पादनमा भएको कमीका कारणले यस्तो अवस्था आएको प्रष्ट पारेकी छन्। द्वन्द्वको प्रभाव, न्यून आर्थिक अवस्था ,कृषि उत्पादनमा कमीका कारणले यस्तो स्थिती आएको उल्लेख गरिएको छ। सुडानमा यस्तो समस्या देखा परेको यो पहिलो पटक भने होइन। सुडान स्वतन्त्र हुने क्रममा गरिएको युद्वका कारणले सुडानमा यो समस्या देखा परेको हो। विश्व खाद्य संगठनको प्रतिवेदनमा आगामी ६ महिनामा करिब २ करोड जनता भोकमरीको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ।

 

 

प्रकाशित: १० फाल्गुन २०७३ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App