coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद स्थगित, तीन बजे सर्वदलीय बैठक

काठमाडौं- व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज १ बजे बस्ने भनिएको संसद बैठक सूचना प्रशाशित गरेर वुधबार २ बजे सम्मको लागि स्थगित गरिएको हो।

आजको बैठकमा न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्वन्धी विधेयक तलब सुविधा लगायतको कार्यसूची थियो।

स्थानीय तहको निर्वाचन घोषणा गरिसके पछि बैठकमा संविधान संशोधन विधेयकबारे के गर्ने भन्नेमा दलहरुमा सहमति नभएकाले बैठक स्थगित भएको हो। स्थानीय तहको निर्वाचन घोषणा गरेपछि मधेस केन्द्रित दलहरुले आन्दोलनको घोषणा गरिसकेका छन्।

आजै तीन बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रधानमन्त्रीले बैठक बोलाएका छन्। निर्वाचनको मित घोषणा पछिको तयारी र संसदमा दर्ता भएको संविधान संशोधन विधेयकबारे बैठकमा छलफल हुने जनाइएको छ। संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने छ।

प्रकाशित: १० फाल्गुन २०७३ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App