coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संशोधन प्रस्तावलाई थाती राखौं: उपाध्यक्ष ज्ञवाली

सुर्खेत- एमाले उपाध्यक्ष युवराज ज्ञवालीले तीन तहको निर्वाचन नहुँदासम्मका लागि संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई थाती राख्नुपर्ने बताएका छन्। उनले जनादेशबाट बन्ने सरकारले संशोधन प्रस्तावलाई अघि बढाउनुपर्ने बताए। ‘सरकारले निर्वाचन घोषणा गरेको छ, यो स्वागतयोग्य काम हो’ प्रेस चौतारी नेपाल सुर्खेत शाखाले सोमबार विहान वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले भने, ‘अव संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई तीन तहको निर्वाचन सम्पन्न नहुँदासम्म थाती राख्नुपर्छ।’

उपाध्यक्ष ज्ञवालीले संशोधन प्रस्तावलाई अघि पढाइए दलहरुबीच द्वन्द्व सृजना हुने भन्दै त्यसले निर्वाचन प्रभावित हुने बताए । ‘अहिलेको आवश्यकता संविधान कार्यान्वयन हो, यसका लागि तोकिएकै समयमा तीन वटै तहको निर्वाचन हुनु आवश्यक छ’ उनले भने, ‘संशोधन प्रस्ताव अघि बढाएर तोकिएको निर्वाचन प्रभावित गर्नुहुन्न ।’ उनले चुनाव र संशोधन प्रस्तावबीच कुनै साइनो नभएको बताए । ‘सरकारले दर्ता गराएको संशोधन प्रस्ताव अव संसदको सम्पत्ती हो’ उनले भने, ‘यसलाई अघि बढाएर द्वन्द्व सृजना गर्ने काम गर्नुहुन्न ।’ अहिलेकै अवस्थामा एमालेले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन नदिने दावी पनि गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा एमाले रहेको बताए।

उपाध्यक्ष ज्ञवालीले मधेसका केही दलहरु चुनावदेखि डराइरहेको भन्दै उनीहरुको विरोधको कुनै अर्थ नभएको बताए । ‘चुनावमा गए हारिने डरले मधेसी मोर्चाले विरोध सुरु गरेको छ’ उनले भने, ‘यस्ता विरोधदेखि सरकार डराउनुहुन्न ।’ उनले चुनावको वातावरण बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको हैसियतले एमालेले सरकारलाई साथ दिने बताए । उनले एकै पटक देशैभर स्थानीय तहको चुनाव गर्न सहज नभएपनि बाध्यता भएको बताए । ‘संविधान कार्यान्वयनका लागि आउने माघभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री चयन गर्नुपर्ने बाध्यता हाम्रा लागि छ’ उनले भने, ‘एकै दिन देशभैर चुनाव गराउनु सहज नभएपनि त्यो सबैका लागि बाध्यकारी अवस्था हो।’

 

प्रकाशित: १० फाल्गुन २०७३ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App