६ वैशाख २०८१ बिहीबार
राजनीति

चुनाबमा मिडियाको भूमिका जनआन्दोलनकै जस्तो : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाब सफल गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। प्रेस काउन्सिल प्रङ्गणमा मंगलबार बिहान पत्रकार स्तम्भको अनावरण गर्दै उनले मिलेर चुनाबको महोल बनाउन सबैसँग आग्रह गरे।

‘परिवर्तन नचाहने केही समय चुनाब असफल बनाउने प्रयासमा छन्। त्यसैले जनतामा चुनाबी माहोल खडा गर्न पत्रकार, लेखक, बुद्धिजीवी सबै ढिक्का भएर आन्दोलनकै रुपमा अघि बढाउनु पर्‍यो’, उनले भने।

‘निकै अप्ठ्याराहरुका बीच स्थानीय तहको चुनाब घोषणा गरेका छौं। यसलाई सम्पन्न गर्नका लागि अझ धेरै चुनौतीहरु छन्’, २०६२/०६३ जनअान्दोलन सफल पार्न मिडियाले निर्वाह गरेको सशक्त भूमिका स्मरण गर्दै उनले भने, ‘हिजो जनयुद्ध र आन्दोलन सफल बनाउन मिडिया र पत्रकारले जसरी भूमिका निर्वाह गरेको थिए त्यस्तै भूमिका चुनाब सफल बनाउन पनि गर्नुपर्छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रले राजनीतिक परिवर्तन ल्याए पनि जनताले त्यो परिर्वतन अनुभूत गर्न नपाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको चुनाबमार्फत् जनताले परिवर्तन अनुभव गर्ने धारणा व्यक्त गरे।

‘परिवर्तन नचाहने केही समय चुनाब असफल बनाउने प्रयासमा छन्। त्यसैले जनतामा चुनाबी माहोल खडा गर्न पत्रकार, लेखक, बुद्धिजीवी सबै ढिक्का भएर आन्दोलनकै रुपमा अघि बढाउनु पर्‍यो’, उनले भने।

सञ्चारमाध्यम अपरादर्शी : सञ्चारमन्त्री
सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले पत्रकारितामा अराजकता बढेको जनाए। अरुलाई पारदर्शी बन्न कलम चलाउने सञ्चार माध्यमले आफूलाई पारदर्शी बनाउन जरुरी रहेको उनको भनाइ थियो।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की यो स्तम्भ असल पत्रकारिता गर्न पत्रकारलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे। स्तम्भ कलाकार राजु पिठाकोटेले निर्माण गरेका हुन्।

प्रकाशित: १० फाल्गुन २०७३ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App