८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बढी चिल्लोयुक्त खान्कीले गर्छ लिङ्गभेद

बढी चिल्लो, बोसोयुक्त खान्कीले कसैलाई पनि राम्रो गर्दैन, चाहे त्यो महिला होस् या पुरुष भन्ने तपाईंको मान्यता छ भने यसलाई थोरै परिवर्तन गर्नुहोस् किनभने शोधले अर्कै कुरा देखाइरहेको छ। शोधले भन्छ, ‘खान्कीमा बढी चिल्लो या बोसो छ र त्यो खाने स्त्रीलाई बेग्लै र पुरुषलाई बेग्लै किसिमले शरीरमा प्रतिक्रिया हुन्छ। त्यसैले सबै बोसोयुक्त या बढी चिल्लोचाप्लो खान्कीले स्त्री र पुरुषमा बराबरी नै हानि नपुर्‍याउन सक्छ।

हामीले खाने खानेकुरामा चिल्लोचाप्लो कुरा कत्तिको हानिकारक हुन्छ, त्यो चाहिँ मात्राले धेरै अर्थमा फरक पार्छ। बढी चिल्लोचाप्लो खानु र त्यही चिल्लोचाप्लो थोरै खानुमा फरक हुन्छ। बढी चिल्लो पदार्थयुक्त खान्कीले तपाईंको शरीरको तौल बढाउँछ र मुटुको रोगका लागि वातावरण तयार पार्छ। खासगरी गलत किसिमको फ्याट (चिल्लोपदार्थ वा बोसोयुक्त खान्की) बढी नै खाँदा त्यसले तपाईंको स्वास्थ्यलाई चौपट पार्न सक्छ। जस्तो कि, ओमेगा ६ नामक फ्याट (चिल्लोपदार्थ)।

अधिकांश प्याकेजिङ गरिएका वा डिब्बाबन्द खानाहरुमा यस्तो चिल्लो पदार्थको मात्रा बढी हुन्छ। हिजोआज चाहिँ सस, पेस्ट्री र केकजस्ता खानेकुरामा पनि फ्याटको मात्रा बढी हुन्छ। यी खानेकुरा पुरुषका लागि बढी नै खतरनाक हुने गरेको छ।

हालै गरिएको एउटा अध्ययनले पुरुष र महिलालाई बढी फ्याटयुक्त खाना दिइएको थियो। यसको उद्देश्य के थियो भने यस खानाले रगतमा चिनीको तहलाई कस्तो असर पार्छ वा नियन्त्रण हुन्छ कि हुँदैन भन्ने थियो।

यस प्रयोग थाल्नुअघि पहिले शरीरमा बोसोको मात्रा र ब्लड सुगरको तह जाँचिएको थियो। प्रयोगमा भाग लिनेहरुलाई एउटा ग्लुकोज मिटर पनि दिइएको थियो ताकि यसमार्फत् उनीहरूले आफ्नो ब्लड सुगर तलमाथि भएको हेर्न सकून्।

साताभरि नै यस खान्की सूचीमा सामान्यभन्दा ५० प्रतिशत बढी क्यालोरी शक्तियुक्त खाना दिइएको थियो। एक सातापछि के देखियो भने सुगर तह नियन्त्रण गर्न १४ प्रतिशत पुरुष असफल भए। टाइप २ डाइबिटिजको सबैभन्दा ठूलो कारण नै यसले शरीरमा ग्लुकोजको तह नियन्त्रण गर्न दिँदैन।

हुन त यो प्रयोग मात्र थियो तर वास्तविक संसारमा पनि यस्तो हुन्छ। स्वास्थ्यका लागि खराब हो भन्ने जान्दाजान्दै पनि सर्वसाधारणले नखानुपर्ने चिजबिज खाइदिन्छन्। उसो भए पुरुषहरुले के गर्ने त? चिकित्सकहरुको सल्लाह छ, सन्तुलित भोजन गर्नुस्। मीठो छ भन्दैमा बढी नखानूस् र कसरतमा बढी ध्यान दिनूस्। यसो गरे तपाईं स्वस्थ रहनु हुनेछ।

बिबिसी

प्रकाशित: १० फाल्गुन २०७३ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App