८ वैशाख २०८१ शनिबार
समाज

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

गौशाला—महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा गए राति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए।

स्थानीय बासिन्दाका अनुसार निम्नवर्गीय परिवारकी नसरीन परिवारमा सामान्य जीवनयापन गर्दै आएकी थिइन्। सासू, ससुरा र दुई छोरासहित घरमा बस्दै आएकी उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान थालेको छ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। रासस

प्रकाशित: १० फाल्गुन २०७३ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App