वैशाख ३१ निर्वाचन मिति प्रस्ताव , क्याबिनेट बैठक जारी

सोमबार, ०९ फागुन २०७३, १९ : २४ नागरिक

काठमाडौं—निर्वाचन आयोगले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार भेट गरेर सो मिति सिफारिश गरेका हुन्।

‘आयोगको सिफारिशलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ। मन्त्रिपरिषदले छिटै सो मितिमा चुनाब घोषणा गर्ने अपेक्षा छ’, प्रमुख आयुक्त यादबले नागरिकन्युजसँग भने।

आयोगको सिफारिशलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ। मन्त्रिपरिषदले छिटै सो मितिमा चुनाब घोषणा गर्ने अपेक्षा छ’, प्रमुख आयुक्त यादबले नागरिकन्युजसँग भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए।

प्रधानमन्त्री दाहाल निकट स्रोतहरुले सोमबार निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए। सोमबार बिहान १० बोलाइएको मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा हुने अपेक्षा थियो।

सो बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। दोस्रो पटक आजै बसेको मन्त्रिपरिषदले १४ राजदूतको सिफारिश गरेको थियो। निर्वाचन मिति घोषणा गर्न अहिले मन्त्रिपरिषद बैठक जारी छ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad