२८ सय मत ल्याएर राप्रपा अध्यक्षमा कमल थापा विजयी

सोमबार, ०९ फागुन २०७३, १९ : ११ विष्णु तामाङ  | @tamang87

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्। अध्यक्षको लागि आज भएको चुनावमा निकटतम प्रतिद्वन्द्वी  प्रदीपविक्रम राणालाई भारी मतअन्तरले हराउँदै उनी विजयी भएका हुन्।

अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २५१ मत प्राप्त गरे। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको थियो। अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो। खसेको मत मध्ये ८१ मत बदर भएको थियो।

 महाधिवेशनमा करिब ३३ सय मतदाता रहेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले बताए।

यसअघि पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। शीर्ष नेताहरुबीच भएको सहमतिलाई निरन्तरता दिन महाधिवेशन प्रतिनिधिहरुबाट चर्को दबाब आएपछि लोहनी पछि हटेका थिए।  

यता केन्द्रीय सदस्य पदमा तीन सय ६३ जनाको उम्मेदवारी परेको छ। यसको लागि मतदान भने मंगलबार हुने छ । केन्द्रमा मतदानबाट कुल ९८ सदस्य निर्वाचित हुनेछन्। जसमा खुल्लाबाट ४० जना निर्वाचित हुनेछन्। समावेशीतर्फ मधेशीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १,  प्रवास २ र पिछडिएको क्षेत्रबाट २ (महिला १, पुरुष १) केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad